ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेरो भारत भ्रमण आकस्मिक होइन : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
३१ असार २०७९, शुक्रबार   १ : १८   बजे

काठमाडौं, ३१ असार ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वनिर्धारित कार्यक्रमअनुसार नै आफ्नो भ्रमण हुन लागेको बताएका हुन् । बाहिर आउँदा आकस्मिक जस्तो देखिए पनि मेरा लागि र हाम्रो पार्टीका लागि भने यो भ्रमण आकस्मिक होइन । तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले नै मलाई भारत भ्रमणको निम्तो दिनु भएको थियो ।

क्वात्राजी विदेश सचिव भएर गएपछि पनि मलाई भ्रमणको उपयुक्त समय कुन हुन्छ भनेर सोध्नु भएको थियो । मैले जुलाई दोस्रो साता हुन सक्छ भनेको थिएँ । अहिले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको औपचारिक निमन्त्रणामा भ्रमण हुन लागेको हो प्रचण्डले भने ।त्यस्तै आफ्नो भ्रमण नेपाल-भारत सम्बन्धलाई अझ कसरी बलियो बनाउने भन्ने विषयमा केन्द्रित हुने पनि प्रचण्डले दाबी गरे । भाजपा र माओवादी केन्द्रबीचको सम्बन्ध सुदृढका लागि पनि आफ्नो भ्रमण भएको उनले बताएका छन् । भाजपा उताको सत्तारुढ पार्टी हो ।

अहिले हामी पनि यता सत्ता घटक हौँ । यो भ्रमण दुई पार्टीबीचको सम्बन्ध मात्र नभएर दुई देश र जनता–जनताबीचको सम्बन्ध सुदृढका लागि पनि हो, प्रचण्डले भने । दाहालले नेपाल–भारतबीचमा देखिएका सीमा विवाद पनि कूटनीति र वार्तामार्फत समाधान हुनुपर्नेमा जोड दिए ।त्यस्तै चिनियाँ नेताको भ्रमणलगत्तै आफ्नो भारत भ्रमण हुन संयोग मात्र भएको प्रचण्डले बताए । चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)को अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख लिउ चियानछाओ ५ दिने भ्रमण सकेर बुधबार मात्रै फर्किएका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग भेटेका थिए ।

चिनियाँ नेताको भ्रमणपछि भारत भ्रमण हुन लागेको विषयलाई प्रस्ट पार्दै प्रचण्डले भने, सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रमुखको नेपाल भ्रमण र मेरो भ्रमणबीच कुनै सम्बन्ध छैन । जुन बेला भारतीय विदेश सचिवसँग भारत भ्रमणको कुरा हुँदा सीपीसीका नेताको भ्रमणको बारेमा जानकारी नै थिएन ।माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार तीनदिने दिल्ली भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र भाजपा अध्यक्ष जेपी नड्डासहितका नेतासँग भेटघाट गर्नेछन् ।भाजपानिकट थिंक ट्यांक इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । आइतबार बिहान प्रधानमन्त्री मोदी र त्यसलगत्तै भाजपा अध्यक्ष जेपी नड्डालाई भेट्ने तयारी छ । प्रचण्डको भ्रमण टोलीमा स्वकीय सचिवहरू गंगा दाहाल र रमेश मल्ल पनि छन् । प्रचण्ड साउन १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group