ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटहरीबाट चितवन बोलाएर पोखरामा सामूहिक बलात्कार


एबीसी / संवाददाता
६ श्रावण २०७९, शुक्रबार   १ : १२   बजे

काठमाडौं । सामूहिक बलात्कारको आरोपमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् । पाण्डे हाल कास्की प्रहरीको हिरासतमा छन् ।अर्का आरोपी राजु राउत भने फरार रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

‘बलात्कार आरोपपछि हामीले पाण्डेलाई पक्राउ गरेका हौं । अर्का आरोपी राजु राउत भने फरार छन् । उनको खोजी गरिरहेका छौं’, डीएसपी तिवारीले भने ।पीडित युवतीले महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिए पनि घटना पोखरामा भएको भन्दै कास्की प्रहरीलाई पठाइएको थियो । जाहेरी दर्ता भएपछि पाण्डे पक्राउ परेका थिए ।पाण्डे नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क)का प्रवक्ता हुन् । उनी गत असार २५ गते मनमैजुस्थित आफू सञ्चालक रहेको क्लब लोटसबाट पक्राउ परेको बुझिएको छ ।

फरार राउत भास्ट वीन इन्जिनियरिङ कन्सल्टेन्सीका सन्चालक एवं इन्जिनियर तथा हाउजिङ व्यवसायी हुन् । कांग्रेस नेता पाण्डे पनि विभिन्न व्यवसायमा संलग्न छन् । चारजना मिलेर युवतीलाई पोखरा लगे पनि उनले दुईजनाविरुद्धमात्र जाहेरी दिएकी छन् । राउतमार्फत चिनेर आफू पोखरा गएको युवतीको बयानमा उल्लेख छ ।आरोपी राउत र पीडित युवतीबीच ७र८ महिना अघि टिकटक लाइभमार्फत चिनजान भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । इटहरी घर भएकी ती युवतीलाई करिब दुई साताअघि काठमाडौं बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu