ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापाको ब्याडमिन्टन कोर्टमा ओलीको एक घन्टा (फोटोफिचर)


एबीसी / संवाददाता
१२ श्रावण २०७९, बिहिबार   २ : ०७   बजे

झापा, १२ साउन । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै समय नियमित जस्तो ब्याडमिन्टन खेल्थे । शारीरिक ब्यायामका लागि ब्याडमिन्टन खेल्दा उनले पार्टीका थुप्रै नेतालाई हराएका छन्, थुप्रै नेतासँग हारेका छन् । १०÷१२ वर्ष भयो, उनले ब्याडमिन्टन खेलेका थिएनन् । बुधबार गृहजिल्ला झापा पुगेका ओली बिहीबार विहानै फेरि ब्याडमिन्टन कोर्टमा झुल्किए ।

महानन्द चोकस्थित बिग ब्रदर्श ब्याडमिन्टनमा पुगेका उनले करिव एक घण्टा खेले । उनले घरि सटललाई र्‍याकेटमा राखेर सर्भिस गरे । विपक्षी टोलीले हानेको प्रहारलाई रिसिभ गर्ने क्रममा कहिले ब्याक ह्यान्ड, कहिले फोरह्यान्ड र स्म्यासमै एक घन्टा खर्च गरे ।

देखिजान्नेहरुका अनुसार उनको ट्याकल खेलको नियमभित्रै थियो । एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलका अनुसार झापा जाने कार्यक्रम तय भएपछि उनले शारीरिक ब्यायाम गर्ने भए ब्याडमिन्टन खेल्न सकिने जानकारी गराएका थिए । ‘लुगा बन्दोबस्त गरेर आउनुस् है भनेको थिएँ,’ नेता खरेलले भने, ‘उहाँ तयारीका साथ आउनुभएको रहेछ ।’ ओलीले जेलमा बस्दा नै ब्याडमिन्टन सिकेका थिए । त्यसपछि पनि खेलिरहन्थे ।

तर खुट्टा मर्किएपछि ओलीले ब्याडमिन्टन खेल्न छाडेको १०÷१२ वर्ष नै भएको खरेलले सुनाए । बिहीबार झापामा ओली र भलिबलका पूर्व राष्ट्रिय खेलाडी प्रभा काङमाङको जोडी र खरेल र कुमार राईको जोडीले झण्डै एक घण्टा खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group