ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद विशुंकेले भनिन् – बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक देऊ


एबीसी / संवाददाता
१३ श्रावण २०७९, शुक्रबार   ३ : १०   बजे

काठमाडौं, १३ साउन ।  नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विशुंकेले बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक दिन माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद विशुंकेले संविधानको व्यवस्थाबमोजिम नियुक्त भएका बाल विकास शिक्षकहरूको श्रमशोषण भइरहेको बताइन् ।

उनले बाल विकास शिक्षकहरू सरकारले दिन्छु भनेको तलब भत्ता नपाएर बाल विकास कक्षा नै बन्द गर्नुपर्ने र आन्दोलित बन्नुपर्ने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

संविधानको धारा ३९ (२ र ३) मा बालबालिकाको सर्वाङ्गिण तथा प्रारम्भिक विकास र सहभागिता सम्बन्धी प्रष्ट व्यवस्था छ । त्यहीअनुसार शिक्षा ऐन र विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमले ४ वर्ष भन्दा मुनिका बालबालिकालाई बाल विकास केन्द्रबाट शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक विकास तथा स्याहारका क्रियाकलाप गर्ने व्यवस्था गरेको छ, उनले भनिन्, सरकारले ५ बर्ष मुनिका बालबालिकाको समग्र विकासका गर्नका लागि बाल विकास केन्द्र सन्चालन गरेको छ, त्यहाँ पढाउने शिक्षकलाई सुविधा दिएको छैन ।

हाल देशभर करिब ३० हजार बाल विकास शिक्षक छन् । उनीहरूको मासिक पारिश्रमिक ६ हजारमात्रै छ । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमै संघीय सरकारले उनीहरूको पारिश्रमिक वृद्धि गरेर १५ हजार पुर्‍याउने घोषणा गरे पनि त्यसको कार्यान्वयन भएको छैन । संघीय सरकारले ८ हजार केन्द्रबाट उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले बेहोर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले संघको त्यस्तो निर्णय स्वीकारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group