ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौसम पूर्वानुमान तथा मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्न ‘डिएचएम’ र ‘एफएमआई’ थप सहकार्य गर्न सहमत


एबीसी / संवाददाता
२८ श्रावण २०७९, शनिबार   १० : ३१   बजे

फिनल्याण्ड, हेल्सिन्की, २८ साउन ।  जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्न नेपालको जल तथा मौसम विज्ञान विभाग ९डिएचएम० र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीच थप सहकार्य गरी अघि बढ्ने सहमति भएको छ ।

पछिल्लो समय मौसमजन्य प्रकोपको जोखिम बढ्दै गएकाले आगामी दिनमा मौसम पूर्वानुमानलाई थप वैज्ञानिक एवं तथ्यपरक बनाउनका लागि हुँदै आएको सहकार्यलाई विस्तार गर्दै लैजाने दुवै संस्थाका प्रमुखले प्रतिबद्धता व्यक्त गरेका छन् ।

फिनल्याण्डको राजधानी हेल्सिन्सीमा भएको एक कार्यक्रममा डिएचएमका महानिर्देशक कमलराम जोशी र एफएमआईका महानिर्देशक जुस्सी काउरोला मौसम पूर्वानुमानमा काम गर्दै आएको डिएचएमको क्षमता अभिवृद्धि गर्दैै मौसम पूर्वानुमान र हवाई उडड्यानका क्षेत्रमा एफएमआईले गर्दै आएको सहयोगलाई विस्तार गर्न सहमत भएका छन् । सन् २०१० देखि दुवै नियकाले यस क्षेत्रमा आवश्यक सहकार्य गर्दै आएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा भएको कार्यक्रममा महानिर्देशक जोशीले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा जल तथा मौसमजन्य विपद्का कारण हुने प्राकृतिक जोखिमको खतरा बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भौगोलिक तथा आर्थिकरूपमा सानो मुलुक हो, हामीले जलवायु परिवर्तन निम्त्याउने कुनै काम गरेका छैनौँ, तर औद्योगिक मुलुकको गतिविधिबाट हामीले मार खेप्नुपरेको छ ।”

महानिर्देशक जोशीले मौसमजन्य जोखिमको सामना गर्न सक्षम मुलुक फिनल्याण्ड सरकारले नेपाललाई गर्दै आएको सहयोग क्षेत्रीयस्तरमा विस्तार गरी नेपालको प्राविधिक क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण र अनुसन्धानलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

जवाफमा एफएमआईका महानिर्देशक काउरोलाले दुबै नीकायबीच हुँदै आएको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने र एक–अर्काका अनुभवलाई आदान–प्रदान गरेर मौसमजन्य जोखिम न्यूनीकरण गर्न सहकार्य गर्ने विश्वास दिलाउनुभयो । उहाँले जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले एक–अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एफएमआईले मौसम पूर्वानुमानको क्षेत्रमा गर्दै आएको गतिविधि एवं मौसमजन्य असरका विषयमा नेपाल र भियतनामबाट आएको उच्चस्तरीय अध्ययन टोलीलाई विस्तृत जानकारी गराएको थियो । मौसमजन्य सूचना प्रणाली, वित्तीय व्यवस्थापन एवं सम्बन्धित संस्थाहरूसँगको सहकार्यका विषयमा एफएमआईका उच्च अधिकारी तथा वैज्ञानिक बीच अनुभव आदान–प्रदान गरिएको थियो ।

अध्ययनकै क्रममा शुक्रबार नेपाली टोलीले विश्वमा मौसम पूर्वानुमानका क्षेत्रमा आवश्यक पर्ने सामग्री उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी भइसालाको अवलोकन गर्नुका साथै नेपाललाई आवश्यक पर्ने मौसम अवलोकन उपकरण उपलब्धतामा सहजीकरण गर्न आग्रह गरेको थियो । अध्ययन टोलीमा मन्त्री भुसाल, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीलगायतको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणीमा भेटिएका पहिचान नखुलेका १०३ शव देवघाटको जंगलमा व्यवस्थापन

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu