ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डका घरबेटी शारदा अधिकारीको ठेक्का रद्द गर्न बाटो खुल्यो


एबीसी / संवाददाता
१ भदौ २०७९, बुधबार   १ : ५४   बजे

काठमाडौँ , १ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ इन्टरप्राइजेजले पाएको बालाजु-त्रिशुली-छहरे-विदुरको ठेक्का रद्द भएको छ।

ठेक्का लिएको आठ वर्षसम्म पनि निर्माण पूरा नगरेपछि सडक विभाग अन्तर्गतको बालाजु-त्रिशुली-छहरे-विदुर सडक सुधार तथा विकास आयोजनाले ठेक्का रद्द गर्ने निर्णय गत असार ५ गते गरेको थियो।

जिल्ला अदालत ललिपुरमा दायर मुद्दामा दिइएको अल्पकालीन आदेश मंगलबार खारेज भएसँगै शैलुङ इन्टरप्राइजेजसँगको ठेक्का तोडिएको हो। आयोजनाले ठेक्का रद्द गर्ने निर्णय गरेपछि शैलुङले करारको यथावत परिपालना हुनुपर्ने माग गर्दै जिल्ला अदालत पुगेको थियो।

ठेक्का सम्झौता रद्द गर्ने निर्णय रोक्न असार १५ गते दिएको अल्पकालीन आदेश मंगलबार जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले खारेज गरेको ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

आदेश खारेज भएसँगै सडक विभागलाई आफ्नो निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ।

तीन वर्षमा काम सक्नेगरी लिएको ठेक्का पूरा गर्न आठ वर्षमा सातपटक समय थप्दा पनि ५० प्रतिशत पनि काम हुन सकेको छैन। विभागले गत चैतमा अन्तिम पटक भन्दै शैलुङ म्याद थपेको थियो।

तर यो अवधिमा समेत काम सुरु नभएपछि ठेक्का रद्दको प्रक्रियामा गएको हो।

सडक विभागले यसअघि नै शैलुङलाई तीन वर्ष कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो। विभागका उपमहानिर्देशक तथा प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार विभागले यसअघि ठेक्का समयमा पूरा नगरेकाले तीन वर्षका लागि कालोसूचीमा राख्न सिफारिस गरेको हो।

काठमाडौँको फोहोर फाल्ने नुवाकोटको सिडडोल जाने मुख्य मार्ग पनि यही हो। सडक समयमा नबन्दा काठमाडौँको फोहोर लैजानसमेत समस्या हुँदै आएको छ।

 

मंगलबार नै काठमाडौँका मेयर बालेन शाहले ठेक्का लिएर काम नगर्ने शैलुङ र उनको संरक्षण गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गरेका थिए। उनले सामाजिक सञ्जालमा हिलाम्य ‘ककनी बाटो’ को भिडियो पोस्ट गर्दै प्रचण्डमाथि प्रश्न गरेका हुन्।

उनले भनेका छन्, ‘श्रीमान प्रचण्डज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेररु’

 

मंगलबारमात्र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी बञ्चरेडाँडामा फोहोर फ्याँक्न अवरोध खुलाइदिन पहलका लागि आग्रह गरेका थिए। शाहको आग्रहमा प्रधानमन्त्री देउवाले तत्काल प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई फोन गरी फोहोर फ्याँक्न अवरोध पुर्‍याएको भनी किटानी जाहेरी परेकाहरुलाई तत्काल पक्राउ गर्न र कुनै प्रकारको अवरोध हुन नदिन निर्देशन दिएका थिए।

शैलुङले आर्थिक वर्ष २०७१र७२ मा यो सडकको बनाउने जिम्मा पाएको हो। २५ किलोमिटर सडक रहेको यो खण्डमा ८ किलोमिटर सडक उपत्यकाबाट फोहोर फ्याँक्न जाने गाडी कुद्ने बाटो पर्छ। सुरुमा ३१ करोड लागतमा लाग्ने डिपिआर भए पनि समय काम नहुँदा लागत बढेको छ। विभाग अब नयाँ ठेक्का लगाउने तयारी गरेको छ।

शैलुङ ठेक्का पाएको भक्तपुर नगरकोट सिपाघाट सडकको अवस्था पनि उस्तै छ। सडक निर्माणको ठेक्का लिने, राजनीतिक पहुँचका आधारमा धेरैपटक समय थप्ने तर काम नगर्दा प्रचण्डका घरबेटी अधिकारी बदनाम छन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

El-Sayed Apologizes Over Synagogue Attack Comments

Moulton Challenges Markey’s Age in Massachusetts Senate Race

Tom Cruise Announces ‘Days of Thunder’ Sequel for 2028 Release

Roger Federer Brought to Tears During His Induction into International Tennis Hall of Fame

Syria Reopens Embassy in Libya After Years-Long Closure

Icelandic Voters Reject EU Negotiations Restart Proposal

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu