ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ८ : ५५   बजे

काठमाडौं । विपद्का बेला प्राकृतिक प्रकोप तथा महामारीमा शव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेका कोसी प्रदेशका सहसचिव कोषहरि निरौलालाई बाढीग्रस्त रसुवाको टिमुरे क्षेत्रमा खटाइएको छ।

कोसी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव (सहसचिव) निरौलालाई फेसबुकमा स्टाटस लेखेको भोलिपल्टै रसुवाको टिमुरे क्षेत्रमा काजमा खटाइएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १४ गते मन्त्रिस्तरीय निर्णय गर्दै निरौलालाई टिमुरे क्षेत्रमा केन्द्रित भएर शव व्यवस्थापन, खोजी तथा उद्धारको काम गर्न काजमा खटाएको जनाएको छ।

कोभिडकालीन अनुभव सामाजिक सञ्जालमा लेखेका थिए

कोसी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव निरौलाले कोभिड–१९ महामारीका बेला मोरङको प्रमुख जिल्ला अधिकारीका रूपमा काम गर्दाको अनुभव शनिबार सामाजिक सञ्जालमा साझा गरेका थिए।

उनले विपद्का बेला शव व्यवस्थापन गर्दा मृतक तथा तिनका आफन्तको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजको सम्मान गर्नुपर्ने धारणा राखेका थिए।

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि आफन्त गुमाएका परिवारको पीडालाई सम्बोधन गर्दै उनले शव व्यवस्थापनमा हतार गर्न नहुने र मृतकका आफन्तको भावनामा चोट पुग्ने कुनै काम गर्न नहुने सुझाव दिएका थिए।

फेसबुकमा उक्त धारणा सार्वजनिक गरेको भोलिपल्टै उनलाई कोसी प्रदेशबाट रसुवाको टिमुरे क्षेत्रमा काजमा खटाइएको हो।

यद्यपि, मन्त्रालयबाट काजको निर्णय भएपछि निरौलाले उक्त स्टाटस सामाजिक सञ्जालबाट हटाइसकेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव धोलकराज ढकालद्वारा हस्ताक्षरित पत्रमा भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै अनुभवी कर्मचारी आवश्यक भएकाले निरौलालाई अर्को व्यवस्था नभएसम्मका लागि काजमा खटाइएको उल्लेख छ।

निरौलालाई रसुवाको टिमुरे क्षेत्रलाई मुख्य कार्यक्षेत्र बनाएर काम गर्न भनिएको छ। उनले जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेछ।

उनको मुख्य जिम्मेवारी शव व्यवस्थापनसँगै खोजी तथा उद्धारका काममा सहयोग गर्नु हुनेछ।

पत्रअनुसार निरौलाको सेवा–सुविधा भने कोसी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाटै भुक्तानी हुने गरी काजमा खटाइएको हो।

भोटेकोसी बाढीपछि रसुवाको टिमुरे क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। यस्तो संवेदनशील अवस्थामा शव व्यवस्थापनलाई मानवीय, सांस्कृतिक तथा पारिवारिक संवेदनशीलतासँग जोडेर अघि बढाउनुपर्ने बहस भइरहेका बेला निरौलालाई उनको अनुभवका आधारमा प्रभावित क्षेत्रमा खटाइएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

The Science Behind Tasting Names: Exploring the World of Synesthesia

Iceland Rejects Proposal To Resume EU Accession Talks

Xi Jinping Arrives in Kyrgyzstan, Hails ‘Golden Period’ for Bilateral Ties

Shanghai Cooperation Organisation Offers Model for Improved Global Governance

China Rushes Aid to Nepal After Deadly Mudslide

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu