ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनलाई जिताउन सकेमात्र लोकतन्त्रको रक्षा– केन्द्रीय सचिब दिनानाथ शर्मा


एबीसी / संवाददाता
१५ कार्तिक २०७९, मंगलबार   ४ : ३४   बजे

नवलपुर १५ कात्तिक । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिब दिनानाथ शर्माले गठबन्धनलाई जिताउन सकेमात्र लोकतन्त्रको रक्षा हुन सक्ने बताउनु भएको छ ।

पाँचदलीय गठबन्धनद्वारा नवलपुरको देबचुलीमा आज नवलपुरको क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता प्रशिक्षणकार्यक्रमा बोल्दै शर्माले विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गर्नु भयो ।

उहाले प्रचण्ड र गिरिजा प्रसाद कोईरालाकै पहलमा बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृत्तिका विरुद्धमा गठबन्धन बनेको धारणा राख्नु भयो ।
उहाँ ले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन सबै एक भएर लाग्नु पर्ने आजको आवश्यकता भएको बताउदै एक ढिक्का भएर गठबन्धनका उम्मेदवारहरूलाई जिताउन गठबन्धन का कार्यकर्ता एवं नेताहरूलाई आग्रह गर्नु भयो । अहिलेको गठबन्धन निर्वाचन जित्नको लागि बनाएको नभई राष्ट्र, लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि भएको भन्दै शर्माले ढुक्कसँग गठबन्धनका उम्मेदवारलाई जिताएर लोकतन्त्र को रक्षा हुन सक्ने धारणा राख्नु भयो ।

नेता शर्माले संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउनेविरुद्ध आफूहरु गठबन्धन गरेर निर्वाचनमा गएको दाबी गर्दै मंसिर ४ को निर्वाचनमा कुन नेता वा दलले जित्ने हार्नेमात्र नभई देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्नेछ’, उहाले भन्नू भयो ‘यही कारण राजनीतिक सहमति गरी हामी गठबन्धन बनाएर अघि बढेका छौँ।’ संविधान र गणतन्त्र को रक्षा गर्ने उद्धेश्यकासाथ गठबन्धन बनाएको दाबी गर्दै उहाले गठबन्धनका बिरूद्द शंका नगर्न आग्रह समेत गर्नु भयो । नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले संविधान लोकतन्त्रको रक्षा गर्न गठबन्धनको आवश्यकता भएको बताउदै संबिधानको रक्षा गर्ने दायित्व गठबन्धन मा आएको बताउदै एक भएर निर्बाचमा होमिन कार्यकर्तालाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group