ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूपू सैनिक सम्मेलन माघ दोस्रो सातादेखि


admin
१० माघ २०७४, बुधबार   ७ : ०४   बजे

काठमाडौँ, १० माघ । नेपाली सेनाले प्रदेश नं १, २ र ३ अन्तर्गतका विभिन्न जिल्लामा यस वर्षको भूपू सैनिक सम्मेलन यही माघको दोस्रो सातादेखि गर्ने भएको छ ।

सम्मेलनको क्रममा भूपू सैनिक र बहालवाला सैनिकका परिवारजनलाई लक्षित गरी बृहत् स्वास्थ्य शिविर सञ्चालन हुनका साथै भूपू सैनिक परिचयपत्र र निवृत्तिभरण कार्ड वितरण एवं कानूनी परामर्श सेवा प्रदान गरिने नेपाली सेनाले जानकारी दिएको छ ।


लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वाेत्कृष्ट लघुवित्त व्यवसायीलाई पुरस्कार, ज्येष्ठ भूपू सैनिक तथा एकल महिलाको सम्मान तथा बहालवाला र भूपू सैनिकका अशक्त आश्रितलाई सम्मेलनका अवसरमा ह्विलचियर प्रदान गरिनेछ ।

प्रत्येक दुई वर्षमा हुने उक्त सम्मेलनको प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गर्नुहुनेछ । सम्मेलनमा सैनिक नेतृत्वबाट भूपू सैनिकका पीरमर्का र गुनासो सुनेर कल्याणकारी सेवालाई समयानुकूल बनाउन कोसिस गर्ने परम्परा रहिआएको छ ।

नेपाली सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजित सम्मेलनमा भूपूका अतिरिक्त पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिला, आश्रित र बहालवाला सैनिकका परिवारका सदस्यको सहभागिता रहनेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले नेपाली सेनाको कल्याणकारी बोर्डको सहकार्यमा भूपू सैनिक र तिनका आश्रितलाई सहुलियत ब्याजदरमा लघुवित्त कार्यक्रमका लागि ऋण प्रदान गर्दै आएको छ । उक्त कार्यक्रमबाट धेरै भूपू सैनिक लाभान्वित भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मुलुकमा भूपू सैनिकको संख्या करिब ६८ हजार छ ।

विश्वशान्ति स्थापनाका लागि द्वन्द्वरत मुलुकमा खटिएका शान्ति सैनिकले प्राप्त गर्ने भत्ताबाट कटौती भएको रकमबाट सञ्चालित सैनिक कल्याणकारी कोषमा हाल करिब रु ४० अर्ब रकम रहेको छ । उक्त रकमको ब्याजबाट नेपाली सेनाले भूपू सैनिकलगायतका हितकारीलाई विभिन्न सहयोग र राहतका कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्मेलनका क्रममा भूपू सैनिकबाट परेड प्रस्तुत गर्नुका साथै आ–आफ्नो क्षेत्रको वेशभूषा झल्कने सांस्कृतिक कार्यक्रम र गीत संगीत प्रस्तुत हुनेछ । प्रदेश नं ३ को सिन्धुलीको ठूलीटार ब्यारेकमा माघ १७ र १८ गते आयोजना हुने सम्मेलनमा सिन्धुली, रामेछाप र दोलखामा बसोबास गरी सोही क्षेत्रको बैंकबाट निवृत्तिभरणको रकम बुझिरहेका भूपू सैनिक तथा परिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिको सहभागिता रहने छ ।

चितवनको भरतपुर ब्यारेकमा माघ २० र २१ गते हुने सम्मेलनमा चितवन र मकवानपुरका तथा नुवाकोटको त्रिशूली ब्यारेकमा २२ र २३ गते आयोजना हुने सम्मेलनमा धादिङ, नुवाकोट र रसुवामा रहे बसेका भूपूको सहभागिता हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रदेश नं २ को मध्य पूर्वी पृतना मातहतको धनुषास्थित महेन्द्रनगर ब्यारेकमा फागुन १० र ११ गते हुने सम्मेलनमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा बसोबास गर्ने भूपू सैनिकको सहभागिता रहने छ ।

त्यस्तै, प्रदेश नं १ को पूर्वी पृतनाअन्तर्गत सुनसरीस्थित इटहरी ब्यारेकमा फागुनको २४ र २५ गते हुने सम्मेलनमा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर र ताप्लेजुङ तथा धनकुटाको हिले ब्यारेकमा फागुन २५ र २६ गते आयोजना हुने सम्मेलनमा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका भूपू सैनिकको सहभागिता रहने छ । उदयपुरको भुल्चे ब्यारेकमा फागुन २६ र २७ गते उक्त सम्मेलन हुने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Imposes Sweeping Sanctions on Iran, Targeting Dozens of Entities

Humanoid Robots Break Records, Shift Focus to Industrial Applications in China

China Advances Legal Framework For Autonomous Vehicles With Draft Law Revisions

China Vows to Protect Interests as US Tightens Iran Sanctions

Trump Administration to Cancel Up to 200,000 Visas in Broadest Revocation Yet

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu