ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो ६ महिनाको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोडभन्दा बढी (भिडियोसहित)


ABC NEWS
१५ माघ २०७९, आइतबार   १२ : २२   बजे

काठमाडौं, १५ माघ ।

चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा आयात र निर्यात दुवै घटेको भन्सार विभागको तथ्याङ्क छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको आयात भएको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९÷८० मा आयात २०.६८ प्रतिशतले घटेको विभागको तथ्यांक छ । यसैगरी, २०७८÷७९ मा १ खर्ब १८ अर्ब ८५ करोड बराबरको निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा निर्यात पनि ३२.०१ प्रतिशतले घटेको छ । सो अवधिमा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । जुन, गत वर्षको सोही अवधिको तुलनामा १९.१५ प्रतिशतले कम हो । देशको आर्थिक क्षेत्रको नकरात्मक परिसूचकलाई सुधार गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफू मातहतका महानिर्देशक, सचिव र विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् । एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले शीर निहुराएर बोल्नुपर्ने ठाउँमा आइपुगेको बताउदै भन्सार बिन्दुबाट परिचालन हुने सन्दर्भमा समेत लक्ष्य प्राप्त हुन नसकेको बताए । भन्सारको क्षेत्रमा पौडेलले गत वर्षको तुलनामा १६ प्रतिशतले पछाडि परेको बताए । देशको आर्थिक क्षेत्रमा भएको काम र प्रगतिप्रति गम्भिर बन्दै कार्यक्षमतालाई प्रभावकारी बनाएर लक्ष्य प्राप्त गर्न उनले बताए ।

विभागले पछिल्लो ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात भएको जनाएको छ । सोही अवधिमा ८० अर्ब ८० करोड रुपैयाँको सामान निर्यात भएको छ । गत वर्षको पहिलो ६ महिनाको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो । इन्धन तथा विलासिताका वस्तुको आयात पनि अस्वाभाविक रूपमा बढेको छ । यो अवधिमा डिजेल सबैभन्दा बढी अर्थात् ६ महिनामा ७० अर्ब १० करोडको आयात भएको छ । ३३ अर्ब ५३ करोडको पेट्रोल आयात भएको छ । विलासिताकै वस्तुको सूचीमा रहेको सुन पनि अस्वाभाविक रूपमा ६ महिनामा २९ अर्ब २० करोडको सुन आयात भएको विभागको तथ्यांक छ । सुनको प्रतितोला एक लाख रुपैयाँभन्दा बढी छ । मूल्यवृद्विका कारण आयात भएको एकाथरीले बताउदै आएका छन् । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाख १३ देखि मदिरा, तास, महँगा मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तुको आयात बन्देज गरेको थियो । मुद्रा सञ्चितिमा झिनो सुधार आएपछि गत मंसिर मसान्तदेखि भने आयात खुला गरेको थियो । अर्थमन्त्री पौडेलले बजार र विभागको तथ्यांकमा मेल नखाएको बताए । वस्तु आयातमा प्रतिबन्ध भएर हो या पूववर्ती निर्णयको प्रभावका कारण वा मागको कमीले पो हो कि भन्दै उनले सम्बद्व संस्थालाई कार्यसम्पादनबाट उम्कन नमिल्ने बताए । पौडेलले यसको सुधारका लागि निर्ममतापूर्वक शक्तिका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

विलासिताको वस्तु आयात बन्देज हुँदा आयातमा केही सुधार आयो । तर, निर्यात भने घट्न पुगेको छ । स्वदेशी उत्पादन बढ्न नसक्दा कृषि उपजको आयात पनि बढेको छ । सरकारले तुलनात्मक लाभका वस्तुबाट फाइदा लिने घोषणा गरेकोमा यो काम पनि पर्याप्त हुन सकेको छैन । करिब १ सय ४१ मुलुकसँग वैदेशिक व्यापार हुन्छ । तर साढे २ दर्जन मुलुकसँग मात्रै रहेको व्यापार नाफा पनि नगण्य रूपमा रहेको विभागको तथ्यांक छ । फलस्वरुप, व्यापारघाटा पनि बढ्दै गएको स्थिती छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र विशिष्ट एवम् यसका परिसूचक चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले अहिले सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकमा नै निजी र सहकारीमार्फत आर्थिक क्षेत्रको सुधारका लागि दिशानिर्देश गरेको बताए ।

चालु आर्थिक वर्षको ६ महिनामा शुद्ध फलाम आयातमा १९ अर्ब २२ करोड रुपैयाँ बाहिरिएको छ  । १६ अर्ब २२ करोडको कच्चा पाम तेल र १४ अर्ब ३२ करोडको मोबाइल टेलिफोन आयात भएको छ । निर्यातको हकमा सबैभन्दा अगाडि प्रशोधित पाम तेल नै छ । ६ महिनामा १३ अर्ब ८ करोड रुपैयाँको निर्यात भएको छ । दोस्रो नम्बरमा भटमासको प्रशोधित तेल ८ अर्बको निर्यात भएको विभागको तथ्यांक छ । खाने तेल भटमास, सनफ्लावर र पामले धानेको अवस्था छ । आयातित भटमासको कच्चा तेल व्यवसायीले रिफाइन गरेर पुनः भारत पठाउँदै आएका छन् । मुलुकको समग्र उत्पादन र उत्पादकत्व बढ्न नसक्दा व्यापारघाटा झनै बढेको हो । नकरात्मक सूचाकांकको अर्थतन्त्रले नागरिकको जीविकापार्जनमा महँगी, अभाव जस्ता कुरो प्रत्यक्ष असर पार्ने गरेको छ । यसर्थ, अहिलेको अर्थतन्त्र सुधारका लागि सम्बन्धित पक्ष जिम्मेवार भएर पहलकदमी लिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group