ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविले आफैलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह, रबिको पदका लागि दौडधुप जारी


ABC NEWS
१७ माघ २०७९, मंगलबार   ११ : ०५   बजे

 

काठमाडौं १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाका सभापति रवि लामिछानेले आज बिहान भेटेर आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न अनुरोध गरेका छन् ।

नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद सहित सांसद पद समेत गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु सार्वजनिक भइरहेका छन् । आजको भेटमा लामिछानेले आफूले जस्तो सहयोग पनि गर्न तयार रहेको भन्दै प्रचण्डसंग आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न आग्रह गरेका हुन् ।  प्रधानमन्त्री भने रविको दोहोरोँ राहदानीको विषय समाधान नभएसम्म पुनः गैर सांसदलाई र स्वार्थ बाझिने गरी मन्त्री नियुक्त गर्न तयार छैनन् ।
यस अघि उनले पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओली र राजेन्द्र लिंगदेन संग भेटेर आफ्नो पुन नियुक्ति गराउन प्रधानमन्त्रीलाई दबाव दिन आग्रह गर्दै आएका छन् ।

‘हाम्रो सभापतिले बेलुकीसम्म निर्णय गर्न प्रधानमन्त्रीलाई भन्नुभएको छ,’ रविनिकट एक नेताले  भने, ‘हामीलाई गृह मन्त्रालय नदिए आजै बेलुकी पत्रकार सम्मेलन गरेर सरकारमा नरहेको घोषणा गर्छौं र समर्थन पनि फिर्ता लिन्छौं।’

नागरिकता विवादमा गत शुक्रबार सर्वोच्च अदालतले आदेश दिएपछि उनी मन्त्री, सांसद र सभापति पदबाट बाहिरिएका थिए।

लगत्तै आइतबार नागरिकता लिएका लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फर्किसकेका छन्। यद्यपि उनी गैरसांसद मन्त्रीको रुपमा क्याबिनेट पुनः प्रवेश गर्न दौडधुप गरिरहेका छन्।
रास्वपाका महामन्त्री मुकुल ढकाल भने पहिले प्रधानमन्त्रीले गृहमन्त्रीको नाम मागेपछि मात्र गैर सांसद पठाउने कि सांसद पठाउने भन्ने आफूहरुले निर्णय गर्ने औपचारिक प्रतिक्रिया दिएका छन् । तर रबिले आफूलाई गृहमन्त्री नदिने हो भने आफू किन सरकारमा बस्ने भन्दै प्रधानमन्त्रीसंग घुर्की लगाएर हिंडेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group