ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको दलका २० सांसद मध्ये जम्मा ३ जना केन्द्रीय समितिमा, न बैठक न छलफल (केस र दलको विवरण)


ABC NEWS
१७ माघ २०७९, मंगलबार   १ : ५९   बजे

काठमाडौं १७ माघ । स्थानीय निर्वाचनमा स्वतन्त्रको पक्षमा लहर देखेपछि विवादित टेलिभिजन एंकर रवि लामिछानेले गत असारमा त्यही ‘स्वतन्त्र’ शव्दलाई चलाखीपूर्वक दलको नाममा राखेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे । मंसिर ४ लागि हुने निर्वाचनमा १३२ भन्दा बढी निर्वाचन क्षेत्रमा उमेद्वार पनि उठाए । लामिछाने सहित ७ जनाले प्रत्यक्ष निर्वाचनमा बाजी मारे । तर लामिछाने निर्वाचित भएको दुई महिना पुग्दा नपुग्दै उनको सांसद पद गयो । उनको दलले समानुपातिकमा १३ जना सांसद विजयी गराउन पाएको थियो । त्यही २० सदस्यीय संख्यालाई भ¥याङ बनाएर उनी आश्चार्यजनक रुपमा उपप्रधान तथा गृहमन्त्री बने । गृहमन्त्री बनेको ३२ दिनमा उनको पद नै गयो । सवैलाई नियम सम्झाउने लामिछानेले देशको संविधान र कानुनको उल्लंघन गरेको अयिभोग सर्वोच्च अदालतबाट प्रमाणि भएपछि बल्ल उनले ०७९ माघ १५ गते नेपाली नागरिकता प्राप्त गरे । गत मंसिर ६ गते नै उनको दोहोरो राहदानीको विषयमा गृह प्रशासनले छानविन गरिरहेको छ ।

रवि लामिछानेको सांसद पद गएपछि उनले फर्मान जारी गरेर उनका भित्रिया मानिने डोलप्रसाद अर्याललाई कार्यवाह सभापति तोकिदिए दुई दिनका लागि । संगसंगै संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठले समेत पत्तै नपाई उनले उनै डोलप्रसाद अर्याललाई संसदीय दलको नेताको टिको लगाइदिए । लामिछाने यस्तो अराजक र व्यक्तिवादी संगठनात्मक शैलीबाट श्रेष्ठ, मनिष झा जस्तो पहिले नै संगठनको काममा अनुभव संगालेकाहरु किंकर्तव्य विमुढ भएका छन् ।

लामिछाने निकट एक केन्द्रीय सदस्यका अनुसार ‘दलको औपचारिक बैठक बसेको अहिलेसम्म कुनै रेकर्ड नै छैन । केवल लामिछानेको पद गुमेपछि पद वहाल गर्नका लागि छुट्टाछुट्टै पहिले नै तयार पारिएका मान्युटमा हस्ताक्षर मात्र गरेको हो । रविजीले जे भन्नु भयो त्यो कुरामा कसैले पनि प्रश्न गरेन । मान्युटमा के लेख्ने भन्ने पहिले नै दिपक बोहराजीले तयार पारेर ल्याउनु भएको थियो ।‘

त्यसो त प्रवक्ता बनाइएका मुकुल ढकालले पार्टीको बैठकका बारेमा डेन्टिङ पेन्टिङ गर्ने प्रतिक्रिया बाहिर दिए पनि रबि लामिछाने न कहिल्यै आफ्नो भनिकएको केन्द्रीय समिति वा संसदीय दलमा नै आफ्नो दोहोरो नागरिकता र राहदानीकै बारेमा कुरा उठाए ।

लमिछानेको दलबाट टिकट लिएका र सांसद निर्वाचित भएकाहरुले समेत अपमानबोध गर्दै मौनता सांधिरहेका छन् । यतिबेला कोही पनि उनको केन्द्रीय समितिका सदस्यहरु वा सांसहरु मिडियामा बोल्न मान्दैनन् । त्यसो त लामिछानेको समूहले पहिलेबाटै केही युट्युवरहरुको जमात लिएर हिंड्न बानी बसालेका छन् । एक पटक हेरौं रवि लामिछानेको पार्टीको केन्द्रीय समिति र संसदीय दलका सदस्यहरु ।

रास्वपाको केन्द्रीय समिति तथा सांसदहरु

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu