ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र लिङ्देनसँगको वार्तापछि नारायणकाजी र देव गुरुङसँग सल्लाह गर्दै प्रचण्ड


एबीसी न्यूज
१८ माघ २०७९, बुधबार   १२ : ०६   बजे

काठमाडौँ, १८ माघ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र ऊर्जामन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक सल्लाहमा जुटेका छन्।गैरसांसदको हैसियतमा पुगिसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा दाबी गरिरहेपछि बुधबार बिहान लिङ्देन र ओलीसँग प्रधानमन्त्रीको वार्ता भएको थियो।

मंगलबार साँझ मात्रै रविसँग बालकोटमा वार्ता गरेका ओली बुधबार बिहानै बालुवाटार पुगेका थिए।त्यस्तै उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले पनि प्रचण्डसँग बुधबार बिहान वार्ता गरेर बाहिरिएका थिए। यी दुई नेतासँगको वार्तापछि प्रचण्डले अहिले बालुवाटारमै उपप्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङसँग सल्लाह गर्दैछन्। यसअघि सत्ता गठबन्धनका नेताहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

नागरिकता प्रकरणमा सर्वोच्चको आदेशपछि सबै पद गुमाएका लामिछानेले फेरि आफूलाई गृहमन्त्री नै बनाउनुपर्ने अडान लिएका छन्। उनले पार्टीमा गृहमा अन्य सांसदको नाम पनि सिफारिस गरेका छैनन्। तर प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई दोहोर्‍याउने मनसायमा छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ। राष्ट्रपति पदमा पनि कुरा मिलेको छैन। पुस १० मा राष्ट्रपति पद एमालेले पाउने सहमति भएको थियो। तर पुस २६ मा कांग्रेसको समेत विश्वासको मत पाएपछि प्रचण्ड राष्ट्रिय सहमतिको पक्षमा उभिएका छन्।

उनले कांग्रेससमेतको सहमतिमा सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताइरहेका छन्। तर ओलीले मंगलबार मात्रै रविसँगको भेटमा विगतमा जे समझदारी भएको हो त्यो कार्यान्वय गरेर जानुर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu