ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनको भोलिसम्मको अवस्था हेरेर मात्र माओवादीको बैठक हुने, प्रचण्ड भन्छन् – ‘अप्ठ्यारो पार्न थालेका छन्’


ABC NEWS
१९ माघ २०७९, बिहिबार   ७ : १८   बजे

 

काठमाडौं १९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा समस्या पैदा गर्न खोजिएको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकमा ब्रिफिङका क्रममा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मौजुदा सत्ता गठबन्धनभित्रको किचकिचका बारेमा रिपोर्टिग गरेका थिए ।

नेताहरुको कार्यविभाजनसम्बन्धी मूल विषयमा प्रवेश नै नगरी स्थगित भएको उक्त बैठकमा प्रचण्डले छोटो ब्रिफिङ गरेका थिए।

यसअघिको पदाधिकारी बैठकले तय गरेको नेताहरुको कार्यविभाजन तथा पद बाँडफाँटबारे बिहीबारको बैठकमा कुनै कुरा नभएको एकजना स्थायी समिति सदस्यले बताएका छन्।

उनले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्रीमा फेरि फर्काउन आफूलाई चौतर्फी दबाब परेको पनि खुलाएका छन्।

रविजीको पार्टीबाट अहिले नै गृहमन्त्री बनाउनुपर्यो भनेर चौतर्फी दबाब छ, उनले नेताहरुलाई ब्रिफिङका क्रममा भने, ‘आजै विराटनगर गएर केपी ओलीजीले पनि अलिकति बोल्नु भएछ, उहाँले बोलेको मैले सुनेरै यहाँ आएको छु।’

उनले माघ १३ को सर्वोच्चको फैसलापछि नागरिकता अवैध ठहर गर्दै सर्वोच्च अदालतले गैरसांसदको हैसियतमा पुर्‍याइदिएका रवि लामिछानेको हकमा राहदानी विवाद अझै बाँकी रहेको बताए।

नागरिकता प्रकरणका कारण रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । उनले नेपाली नागरिकता लिएपछि आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै दबाव दिइरहेका छन् ।माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिक घटनाक्रमका कारण बैकठ एजेन्डामै प्रवेश नगरी भोलि तीन बजेसम्मलाई स्थगित भएको बताए । ‘यो राजनीतिक विकास के हुन्छ, त्यो हेरेर भोलि तीन बजेसम्मलाई बैठक स्थगित गरिएको छ,’ साहले भने ।माओवादी केन्द्रका एक नेताले गठबन्धनमा तनाव पैदा भएको बताउँदै रास्वपाको निर्णय हेरेर मात्रै आफूहरुको बैठक बस्ने बताए ।
प्रचण्डले गत पुस १० गते बनेको सात दलीय सत्ता गठबन्धनमा समस्या पैदा गर्न खोजिएको स्वीकारेका छन्।

सत्ता समीकरण र गठबन्धनमा समस्या पैदा गर्न खोजेका छन्। तर मलाई के लाग्छ भने अहिले नै सत्ता गठबन्धनमा संकट पर्दैनु, उनले भने, ‘केही समस्या नदेखिएको होइन। तर अहिले नै यसकै कारण समीकरण हेरफेर हुने भन्ने सम्भावना छैन।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group