ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेले गृहमन्त्री नपाए सरकार छाड्ने धम्कीबाट पछि हट्यो रास्वपा, सरकारबारे दुई दिनपछि निर्णय लिने


abc tv
१९ माघ २०७९, बिहिबार   ८ : ५९   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा बस्ने या नबस्ने भन्नेबारे दुई दिनपछि मात्रै निर्णय लिने भएको छ ।

आज साँझसम्म बसेको बैठकले तत्काल सरकार नछोड्ने निष्कर्षमा पुगेको हो ।

बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीले दुई दिनको समय माग गरेकाले उनीहरुको आग्रह बमोजिम दुई दिनको समय दिइएको रास्वपाका प्रवक्ता एवम् महामन्त्री मुकुल ढकालले बताए ।

‘बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीको पनि फोन आएको थियो’ ढकालले भने, ‘उहाँहरु दुवै जनाले दुई दिनको समय माग्नुभएको थियो। त्यसकारण हामी दुई दिन कुर्न तयार भएका हौँ।’

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उच्चस्तरीय संयन्त्रको बैठक बस्दासम्म दुई दिन सरकार नछोड्न आग्रह गरेको बताए।

सत्ता साझेदार दलहरुको बैठक नबसी निर्णय गर्दा हतारो हुने र उच्चस्तरीय संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओलीले पनि दुई दिन कुर्नुहोस् भनेका कारण आफूहरु तयार भएको ढकालले बताए।

ढकालले राजनीतिक दलहरुमा इमान्दारिताको अपेक्षा गरिएको पनि बताए।

यस्तै, उनले गृह मन्त्रालय दिने प्रधानमन्त्रीको प्रतिवद्धता आएपछि गृहमा कसलाई पठाउने भन्नेबारे निर्णय लिने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu