ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी आकाशमा ‘जासुसी बेलुन आतंक’: बेलुनलुनको आकार र यससँग जोडिएको विवरण दिन अस्वीकार


एबीसी न्यूज
२० माघ २०७९, शुक्रबार   ७ : १७   बजे

काठमाडौँ, २०  माघ । अमेरिका र क्यानाडाले यो बेलुन चीनले जासुसीका लागि छाडेको शंका गरिरहेका बेला बेइजिङले आफ्नो धारणा सार्वजनिक गरेको हो।

तर अमेरिकी अधिकारीहरुले यो बेलुन जासुसीका लागि चीनले नै छाडेको जिकिर गरिरहेका छन्। चीनको विदेश मन्त्रालयले अमेरिकाको यो दाबीबीच शान्ति कायम राखिराख्न अपिल गरेको छ।

बेइजिङले तथ्यको राम्ररी जाँच नगरी केवल अड्कलका भरमा बढाइँचढाइँ गरेर बोल्दा समस्याको समाधान नहुने जनाएको छ।चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्ग चीन अहिले यस शंकास्पद बेलुनसम्बन्धी रिपोर्टबारे जाँच गरिरहेको बताएकी छन्।

उनले जबसम्म तथ्य बलियो प्रमाण मिल्दैन तबसम्म अनुमान लगाउँदै हल्ला मच्चाएर समाधान ननिस्किने बताएकी छन्।बिहीबारको पत्रकार सम्मेलनमा अमेरिकाले बेलुको वास्तविक लोकेशन बताउन इन्कार गरेको थियो। अमेरिकाले यस बेलुनको आकार र यससँग जोडिएको विवरण पनि उल्लेख गर्न अस्वीकार गरेको छ।

एक अमेरिकी रक्षा अधिकारीले भने, केही पाइलटले धेरै उचाइमा जहाज उडाउने क्रममा यो बेलुन देखेका रहेछन्। यस्तोमा तपाईंहरुले यसको आकारबारे अनुमान लगाउन सक्नुहुन्छ।उनका अनुसार यस्ता बेलु पहिले पनि अमेरिकी आकाशमा देखिएका थिए। तर यस पटक यो बेलुनले पहिलो पटक निरन्तर केही दिनदेखि उडान भरिरहेको उनले बताए

दुई दिनअघि बुधवार मात्रै अमेरिकाको पश्चिमी राज्य मोन्टानामा यस बेलुनलाई उडिरहेको अवस्थामा देखिएको थियो। जसका कारण कयौँ जहाजको उडान नै रोक्नुपरेको थियो।अधिकारीहरुले मोन्टानामा देखिनुअघि यो बेलुन अलास्काको एल्युटियन द्वीप र क्यानाडाको आकाशमा पनि देखिएको थियो।

तर दुवै देशका सैन्य अधिकारीहरुले यसको फोहोर संवेदनशील सरकारी कार्यालयहरुमा खस्ने खतराका कारण यसलाई नखसाल्ने निर्णय लिएका थिए। अर्कातिर क्यानाडाले आफ्नो एयरस्पेसको सुरक्षा सुनिश्चित गर्न र आगामी दिनमा हुन सक्ने यस्ता घटनामाथि निगरानी गर्न उचित कदम उठाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group