ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भारतबाट तरकारी आयात बन्द गरिदिनुपर्‍यो’ : भरतपुर मेयर रेणु दाहाल


ABC NEWS
२१ माघ २०७९, शनिबार   ४ : २५   बजे

भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भारतबाट तरकारीको आयात बन्द गर्न आग्रह गरेकी छन्।
राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा सहभागी भएकी कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहसँग मेयर दाहालले भारतबाट आयात रोकिदिन आग्रह गरेकी हुन्।
किसानले सडकमा तरकारी फालेर विरोध गरेकोप्रति महानगरको ध्यानकर्षण भएको छ। महानगरले यहाँको कृषि उत्पादन बढाउन, लागत मूल्य घटाउन धेरै कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। किसानहरूले उत्पादन पनि बढाइरहनुभएको छ तर यो अवस्थामा यहाँको उत्पादनले बजार नपाउनेगरी भारतबाट तरकारी आउँदा समस्या भयो,ु मेयर दाहालले भनिन्, ‘मन्त्री ज्यू भारतबाट तरकारी आयात बन्द गरिदिनुपर्‍यो।’
दाहालले केन्द्रले नीतिगत रूपमा निर्णय गरेर आयात रोकिदिए उत्पादनलाई आत्मनिर्भर बनाउन, बजारीकरण गर्न महानगरले काम गर्ने बताइन्।
भारतबाट तरकारीको आयात बढेपछि स्थानीय उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानहरूले शुक्रबार नारायणगढमा राजमार्गमै तरकारी फालेका थिए।
यहाँका किसानहरू उत्पादित तरकारीको उचित मूल्यप्राप्तिको ज्ञारेन्टी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि बिहान कृषि मन्त्री साहलाई फोन गरेर किसानको समस्या समाधान गर्न आग्रह गरेका थिए।
बागमती प्रदेशका सांसद उत्तम जोशीले पनि तरकारी, फलफूल, मासुलगायतको आयात बन्द गर्न कृषि मन्त्रीलाई आग्रह गरेका थिए। उनले किसानलाई नभइनहुने रासायनिक मल आयात गर्न नसकेको बताए।
तर यही उत्पादन भइरहँदा तरकारी आयात गरेकाले किसानलाई मर्का परेको उनले बताए।

 

कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले कोइरालालाई प्राथमिकता दिँदा खड्कामा असन्तुष्टि

नेकपाद्वारा मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न ह्विप जारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu