ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर हुने


एबीसी न्यूज
२७ माघ २०७९, शुक्रबार   २ : ४४   बजे

काठमाडौं,२७ माघ । ताप्लेजुङका दुर्गम गाउँमा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतसहितका आँखा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने भएको हो ।

यही फागुन १० देखि २० गतेसम्म हुने शिविरमा आँखाको स्वास्थ्य परीक्षणसहित मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया हुने बताइएको छ । पहिलो दिन फागुन १० गते फक्ताङलुङ गाउँपालिकामा पर्ने सिवाँ स्वास्थ्य चौकीमा, ११ गते छिरुवा ग्राउन्डमा, १२ गते हान्द्रुङ टारमा, १४ गते ओलाङचुङगोला स्वास्थ्य चौकीमा र १७ गते स्वास्थ्य चौकी घुन्सामा आँखाको स्वास्थ्य जाँच र सामान्य उपचार सेवा प्रदान गरिनेछ ।

आगामी फागुन १० देखि १७ गतेसम्म हुने शिविरमा आँखा परीक्षण र उपचारका साथै मोतियाविन्दुका बिरामीको पहिचान हुनेछ । मोतियाविन्दुका बिरामीको शल्यक्रिया भने फागुन १९ र २० गते फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा हुने गाउँपालिका उपप्रमुख विकास साम्रा ९लिम्बू० ले जानकारी दिनुभयो । शल्यक्रियामा डा सन्दुक रुइत सहभागी हुने लिम्बूले बताउनुभएको छ ।

दुर्गम गाउँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन सकून् भन्ने उद्देश्यले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र फक्ताङलुङ गाउँपालिकाले शिविरको आयोजना गरेको उपप्रमुख लिम्बूले बताउनुभयो । शिविरमा नगरपालिकासहित नजिकका जुनसुकै गाउँपालिकाका बिरामीले सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’को सुरुङका सात ठूला ढुंगा विस्फोट गरी हटाइयो

नेकपा सांसद र स्वकीय सचिवको १५ दिनको तलब राहत कोषमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu