ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा मतदातालाई छाप हाल्न सिकाउँदै कर्मचारी


admin
१२ माघ २०७४, शुक्रबार   ६ : ३४   बजे

काठमाडौँ, १२ माघ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा मत बदर हुने अवस्था नआउने गरी राम्रोसँग मतदातालाई मत संकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

ललितपुरको गोदावरीमा आज आयोजित ‘राष्ट्रियसभा सदस्य निर्वाचनःमतदान र मतगणना’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उहाँले निर्वाचनमा एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला जिल्लामा गएर मतदातालाई मत संकेत गराउने तरिका सिकाउन आग्रह गर्नुभयो ।

उहाँले यही माघ २४ गते हुने निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएकाले सरकार र सरोकार भएकाहरुबाट त्यसको पूर्ण पालना हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षणमा आयोगका प्रवक्ता नवराज ढकालले स्थानीय तह र प्रदेशसभाका गरी दुई हजार ५६ मतदातालाई मत संकेत गर्न सिकाउनुपर्ने बताउँदै हरेक मतदातालाई राम्रोसँग मत संकेत गर्न सिकाएर बदर मतलाई न्यून गर्नुपर्नेमा जोड दिनुभयो ।

ललितपुरका प्रजिअ महादेव पन्थले राष्ट्रियसभा सदस्य निर्वाचन सफल बनाइने दृढता व्यक्त गर्नुभयो ।

प्रदेश नं ३ को राष्ट्रियसभा सदस्य निर्वाचन ललितपुरमा हुँदैछ । एकदिने उक्त प्रशिक्षणमा प्रदेश नं ३ र ४ का क्षेत्रीय निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारी गरी २७ जनाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group