ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार

चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन


एबीसी न्यूज
१ फाल्गुन २०७९, सोमबार   २ : ०२   बजे

काठमाडौं, १ फागुन । म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुन: सञ्चालन भएका छन् । कोरोना ९भाइरस०को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए ।

राम्चेको आरडिसी डेरी तथा चिज र पाउद्वारको सामुदायिक चिज उद्योग सञ्चालनमा आइसकेका छन् भने घारको हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाले यही फागुन ७ गतेदेखि उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

पर्यटकको आगमन बढ्न थालेको र बजारबाट माग आउन थालेकाले बन्द भएको चिज उद्योग पुन:सञ्चालन गरिएको आरडिसी डेरी तथा चिज उद्योगका सञ्चालक यामबहादुर पुनले बताउनुभयो । तीन जर्सी गाई पाल्नुभएका उहाँले दैनिक एक किलोग्रामका दरले चिज उत्पादन गर्दै आउनुभएको छ ।

घोडेपानी, तातोपानी, मुस्ताङ र पोखरालगायत पर्यटकीय स्थलका होटल तथा रेष्टुरेष्टमा चिज खपत हुने गर्छ । गाईको दूधबाट बनाइने प्रोट्रिनयुक्त चिज पर्यटकले रुचाउने परिकारमध्येमा पर्छ । चिज उपभोग गर्ने पर्यटकको आगमन ठप्प भएपछि खपत हुन नसकेर ती उद्योग बन्द गरिएको थियो ।

हिमालयन चिज उत्पादन सहकारी संस्थाका अध्यक्ष श्यामप्रसाद खड्काले सञ्चालक र कृषकको भेला गरेर उद्योग पुन: सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो । “त्यसबेला बिक्रीका लागि तयारी भएको १५ टन चिज कुहिएर खेर फाल्नुपरेको थियो । धेरै कृषकले गाई पनि बेच्नुभयो,” उहाँले भन्नुभयो “गाई पालेका कृषकको अपेक्षा र बजारको आवश्यकताअनुसार चिज उद्योग पुन:सञ्चालन गर्ने निर्णय गरेका हौ ।”

उक्त सहकारीमा आवद्ध ३५ कृषकले दैनिक ३०० लिटर दूध चिज उद्योगलाई बिक्री गर्दै आएका थिए । उद्योग वन्द हुँदा कृषकले गाईको दूधबाट घ्यू बनाएर बेच्ने गरेका थिए । प्रतिकिलो चिज रु ८०० देखि रु एक हजारका दरले बिक्री हुने गरेको छ ।

विसं २०७१ मा कृषकहरुले रु २० लाखमा स्थापना गरेको उद्योगमा रु ३२ लाख लगानी पुगेको छ । उद्योग सञ्चालन भएपछि कृषकहरु उत्साहित भएका छ । चिज उद्योगमा दूध बिक्री गर्न कृषकहरुले होल्याड र जर्सी जातको गाई पालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group