ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रजातन्त्र दिवस मनाउन प्रदेशस्तरीय समिति गठन


एबीसी न्यूज
१ फाल्गुन २०७९, सोमबार   ३ : २१   बजे

काठमाडौं,१ फागुन । त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यरुपमा मनाउन प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षमा प्रदेशस्तरीय मूल समारोह समिति आज गठन गरिएको छ ।

समितिमा प्रदेशका सबै मन्त्रालय, सभामुख, प्रदेशसभाका सदस्य, कार्यालय, सार्वजनिक संस्थान, विभिन्न सङ्घसंस्था, शैक्षिक संस्था एवं औद्योगिक प्रतिष्ठान, नेपाल पत्रकार महासङ्घ लगायतका प्रतिनिधि वा प्रमुख सदस्य रहनेछन् ।

यही फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउन यो दिवसमा पहिलो दिनदेखि नै सबै सरकारी कार्यालयमा सरसफाइ वृक्षरोपण, राष्ट्रिय झण्डा फहराउने, प्रजातन्त्र केन्द्रित रचनात्मक एवं सिर्जनात्मक कार्य, प्रजातन्त्रका विषयमा सन्देशमूलक लेख, रचना प्रकाशन एवं प्रसारण, अस्पताल एवं ज्येष्ठ नागरिक गृह, कारागार, बालसुधार गृहमा फलफूल र औषधि वितरण कार्यक्रम गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिनुभयो ।

फागुन ७ गते जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिकाको संयोजनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगाडिबाट प्रभातफेरी गरी पुन:सोही स्थानमा पुगी सहिदप्रति श्रद्धाञ्जलीपछि मुख्यमन्त्री कार्कीको सम्बोधन हुने बताइएको छ ।

मुख्यमन्त्री कार्कीले प्रजातन्त्र दिवसलाई औपचारिकतामा मात्र नभएर बृहत्रुपमा मनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले आजको दिनको बृहत् समीक्षा गरी आमनागरिकले उपभोग गर्ने सेवा र सुविधा पनि सहज तथा सरल हुनुपर्ने भन्दै यो दिवस रचनात्मक ढङ्गले मनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्डको आरोप– ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा गलत तथ्य प्रस्तुत गरे’

भदौ १०को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu