ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदह महोत्सव: विद्यालयस्तरिय लोकनृत्य प्रतियोगितामा सगरमाथा मावि प्रथम


Saru Bogatiko
३ फाल्गुन २०७९, बुधबार   ५ : २२   बजे

फागुन ३, रुपन्देही। सातौं देवदह राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवद्वारा आयोजित विद्यालयस्तरिय लोकनृत्य प्रतियोगितामा सगरमाथा आवासिय माध्यमिक विद्यालय प्रथम भएको छ। देवधा नगरपालिका क्षेत्रभित्रका १४ वटा विद्यालय सहभागी प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्दय गदै सगरमाथा मावि प्रथम भएको हो ।

प्रतियोगितमा नमूना एभरग्रीन इंलिश बोर्डिंग स्कूल दोस्रो भएको छ भने तृतीय स्थान न्यू नमूना इंलिश बोर्डिंग स्कूल भएको छ ।

प्रतियोगितामा सहभागी विद्यालयले सांस्कृतिक कला झल्किने नृत्य प्रस्तुत गरेका थिए ।

प्रतियोतामा देवदहका केरवानी माध्यमिक विद्यालय, ग्रीनप्लाण्ट आवासीय मावि, देवदह मावि, देवदह बुद्ध पब्लिक आवासीय मावि, ज्ञान ज्योति मावि, सेभेन स्टार आवासीय मावि, युगज्योति मावि, सीता मावि, जनप्रिय मावि र न्यू नमूना आवासीय मावि सहभागी भएका थिए ।

“स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण’ भन्ने मूल नारा सहित उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १० फागुन सम्म चल्नेछ ।

महोत्सवमा भोलि खुल्ला रक्तदान कार्यक्रम र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा प्रदर्शनी आइडल, डासिंङ्ग स्टार, वक्तृत्वकला, विज्ञान प्रदर्शनी, भलिबल प्रतियोगिता, पर्यटन गोष्ठी लगायतका कार्यक्रम दैनिक संचालन भएका छन् भने घोड सवार, बालउद्यानसंगै मगर, गुरुङ, नेवार लगायतका समुदायको सांस्कृतिक खाजाघर लगायत १५० स्टलमा स्थानिय तथा स्वदेशी उत्पादनको प्रदर्शनी र विक्री वितरण हुँदै आएको छ।

लुम्बिनी प्रदेशका पर्यटकीय गन्तब्यको फोटो प्रदर्शनी, लुम्बिनी विकासकोषको फोटो प्रदर्शनी संगै देवदहको प्रस्तरकला, काष्ठकला, सातपत्रे सिमसार लगायतका पर्यटकीय स्थलको फोटो प्रदर्शनी समेत देख्न सकिन्छ।

साथै निशुल्क सुगर र प्रेसर जांच लगायतका स्वास्थ्य शिविर पनि महोत्सवमा व्यवस्था गरिएको छ।

अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन।

महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group