ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति निर्वाचनमा पुरानै पाँच दलीय गठबन्धन ब्युँताउनेबारे सघन छलफल


एबीसी / संवाददाता
११ फाल्गुन २०७९, बिहिबार   ६ : २९   बजे

काठमाडौँ, ११ फागुन । राष्ट्रपति निर्वाचनमा विगतमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे सघनरूपमा छलफल भएको छ । कांग्रेस नेताहरूले राष्ट्रपति निर्वाचनका लागि पुरानै गठबन्धनलाई ब्युँताउनेबारे अन्तिम निष्कर्षका लागि तयारी थालेको बताएका छन् । यसबारेमा औपचारिक समझदारी भएमा पुरानै गठबन्धन ब्युँतने उनीहरूको दाबी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहिताका नेताहरूले तत्कालीन गठबन्धनका सबै दलका नेताहरूसँग बुधबार चरणबद्ध छलफलपछि विगतको पाँचदलीय गठबन्धन ब्युँताउने सहमति बनाउनुपर्ने बताएका हुन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि कांग्रेसका एक नेताले भने, “आज दिनभरको भेटघाट र छलफलपछि अब विगतको पाँच दलीय गठबन्धन ब्युँताउने निष्कर्षमा पुगेका छौँ । राष्ट्रपतिको निर्वाचनमा त्यही गठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवारी दिन समझदारी बनेको छ । भोलि दिनभर छलफलपछि हामी बेलुकासम्म सबै विषयमा टुंगो लगाइसक्छौँ ।”

कांग्रेस सभापति देउवाले बुधबार नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूसँग आफ्नै निवासमा चरणबद्ध छलफल गरेका थिए । त्यसपछि बेलुका कांग्रेसका शीर्ष नेताहरूसहित बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग निर्णायक वार्ता भएको थियो । त्यसक्रममा राष्ट्रपति निर्वाचनमा विगतको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे सघनरूपमा छलफल भएको ती नेताले बताए ।

बुधबार साँझ प्रधानमन्त्रीको निवासमा भएको छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादु खड्का, महामन्त्री गगन थापा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu