ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँझो जग्गामा सामूहिक आलु खेती


एबीसी / संवाददाता
११ फाल्गुन २०७९, बिहिबार   ७ : ३४   बजे

बेनी, ११ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन् ।

एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताइन् । उनका अनुसार, समूहमा आबद्ध १८ जनाले व्यावसायिक रुपमा सामूहिक आलु खेती गरिएको छ । यस वर्ष समूहले एक सय रोपनी जग्गामा आलु लगाउने तयारी गरेको छ । समूहले मरेनीसँगै पैरेनी र लमसुङमा समेत थप आलु खेती लगाउने तयारी गरेको जनाएको छ ।

मरेनीमा स्थानीयकै जग्गा भाडामा लिएर २० मुरी आलुको बीउ रोपिएको हो । गाउँपालिकाको आलु पकेट कार्यक्रममार्फत सामूहिक रुपमा आलु खेती सुरु गरेका कृषक समूहले मरेनीमा मात्रै ४४ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिए ।

“बाँझो जग्गामा आलु खेती गरिएपछि वर्षौँदेखि बाँझो रहेको जग्गाको स्वरुप नै फेरिएको छ, यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलु खेतीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नेछ”, थापाले भने ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा आलु पकेट कार्यक्रमको लागि १२ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकामा आवेदन पेस भएकामध्ये छनोट भएको वडा नम्बर २ को सो समूह र वडा नम्बर ६ मराङको बुलझर्मका कृषि जडीबुटी तथा पशुपन्छी कृषक समूहलाई रु छ÷छ लाखको दरले बजेट परिचालन गरिने कृषि शाखाले जनाएको छ । सो करमबाट बाँझो जग्गामा खेती विस्तारका साथै मिनिटेलर, हलोलगायतका कृषि औजार सहयोग गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीमा तीन मन्त्रीले आज शपथ ग्रहण गर्दै

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

सम्बन्धित

पोखरामा नाइट लाइफ : पर्यटनको अवसर कि स्थानीयका लागि समस्या?

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu