ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा ब्युँताऔँ, राष्ट्रपतिमा उठ्न तयार – माधव नेपाल


एबीसी न्यूज
११ फाल्गुन २०७९, बिहिबार   ६ : ३५   बजे

काठमाडौं, ११ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा कम्युनिष्ट घटक मिल्नका लागि खारेजीमा परेको नेकपा ब्युँताउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको वार्ताका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन्।

अध्यक्ष नेपालनिकट स्रोतका अनुसार पोखरेलसँग बिहीबार काठमाडौंमा भएको वार्ताका क्रममा उक्त प्रस्ताव अघि सारिएको हो।

यदि म राष्ट्रपतिमा अघि सर्नुपर्ने हो भने २०७७ फागुन २३ मा खारेज भएको नेकपा ब्युँताउन तयार हुनुपर्छु, पोखरेलसँगको वार्ताका क्रममा नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, केपी कमरेड नेकपा ब्युँताउन तयार भएको अवस्थामा म राष्ट्रपतिमा अघि सर्न तयार छु।

अध्यक्ष नेपालले सिंहदरबारमा बिहीबार नै भएको वार्ताका क्रममा पनि त्यही प्रस्ताव अघि सारेका छन्। नेकपा एमालेका अध्यक्ष ओलीले आफूलाई राष्ट्रपतिका लागि अघि सारेकोबारे चर्चा गर्दै अध्यक्ष नेपालले त्यसका लागि प्रचण्ड पनि नेकपा ब्युँताउन तयार हुनुपर्ने प्रस्ताव राखेका हुन्। अध्यक्ष नेपालले आफ्नो नाम राष्ट्रपतिका रुपमा चर्चामा आइरहेका बेला बिहीबारै काठमाडौंमा पार्टी बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधनका क्रममा पनि यही कुरा राखेका छन्।ुमैले दुवै पार्टीका नेताहरुसँग यदि आफू राष्ट्रपतिमा अघि सर्नुपर्ने हो भने नेकपा ब्युँताउन तयार हुनुपर्छ भन्ने कुरा राखेको छुु, उनले उक्त बैठकलाई सम्बोधन गर्दै भने, ओली र प्रचण्डजी दुवै यस कुरामा तयार हुन्छन् भने राष्ट्रपतिमा जान मलाई समस्या हुँदैन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu