ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति निर्वाचनः किन हारको बाजी लगाउँदैछन् नेम्वाङ ?


ABC NEWS
१४ फाल्गुन २०७९, आइतबार   ११ : ०४   बजे

काठमाडौं, १४ फागुन ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि हिजो शनिबार राष्ट्रपतिका उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन् । आठ दलीय गठबन्धनबाट पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी यो आठ दलको गठबन्धनमा जम्मा ३१ हजार नौ सय १७ मत छ ।

जसअन्तर्गत, कांग्रेससँग १६ हजार १ सय ४२, माओवादी केन्द्रसँग ७ हजार ७ सय ४५ मतभार छ । यसैगरी नेकपा एकीकृत समाजवादीसँग २ हजार ५ सय ७४, जनता समाजवादीसँग २ हजार १ सय ४५, जनमत पार्टीसँग १ हजार २ सय ४२, लोकतान्त्रिक समाजवादी पार्टीसँग ९ सय ७१ मत छ । यस्तै नागरिक उन्मुक्ति पार्टीसँग ८ सय ९२ र जनमोर्चा २ सय ६ मतभार छ । यी सबै पार्टीले मत दिएको अवस्थामा पौडेलको जित पक्का छ ।

यता, एमालेसँग भने जम्मा १५ हजार ३ सय १२ मतभार छ । नेम्वाङलाई जितका लागि थप ११ हजार ३ मतभार आवश्यक छ । राप्रपा र रास्वपाले राष्ट्रपतिमा कसलाई सघाउने भन्नेबारे निर्णय लिइसकेको छैन । यो अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सघाउन एकीकृत समाजवादीलाई पत्र लेखिसकेको छ । तर, समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले पत्रले संवादको बाटो खुलेको सकारात्मक प्रतिक्रिया दिदै सघाउन भने नसकिने बताइसकेका छन् ।

झण्डै दोब्बरभन्दा बढी मत कम भएको स्पष्ट जान्दा–जान्दै एमालेले राष्ट्रपतिमा उम्मेदवार खडा गरेको छ । एमाले सचिव योगेश भट्टराईले प्रतिकुलतालाई अनुकूलतामा परिनत गर्ने ल्याकत एमालेले राखेका कारण यसखाले निर्णय लिइएको बताएका छन् । अन्ततः यो खाडलमा भने नेम्वाङ पर्ने निश्चित जस्तै देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu