ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसरी मनाइयो मगर दिवस


एबीसी / संवाददाता
१६ फाल्गुन २०७९, मंगलबार   ८ : ३२   बजे

गण्डकी, १६ फागुन । मगर समुदाय आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । उनीहरु संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । सोमबार नेपाल मगर संघको ४१औँ स्थापना दिवस ।

मगरहरू संगठित भएको दिनलाई त्यस समुदायले ‘मगर एकता दिवस’का रूपमा समेत मनाउँदै आएको छ । गण्डकी यसै पनि मगरहरूको थातथलो बढी भएको प्रदेश हो । यहाँको इतिहास, परम्परा र संस्कृतिसँग मगरहरूको साइनो छ ।

सधैँझैँ यसपालि पनि आफ्नो एकता दिवसलाई मगर समुदायले उल्लासपूर्वक मनाएको छ । कतै सांस्कृतिक÷खेलकुद मेला भए, कतै औपचारिक समारोह । घरघरमा खुसी साट्ने र मिठोमसिनो खाने अवसरका रूपमा पनि मगरहरूले यो दिवसलाई लिन्छन् ।

मगर बाहुल्य भएका गण्डकीका कतिपय स्थानीय तहले त सोमबार सार्वजनिक बिदा नै दिए । नेपाल मगर संघ जिल्ला समन्वय समिति, कास्कीले पनि पोखरामा सांस्कृतिक कार्यक्रमसहित दिवस मनायो । मगर संस्कृति झल्कने झाँकी, गीत र नाचसँगै निस्केको पदायात्राले सहरका मुख्य क्षेत्र परिक्रमा गरेको थियो ।

जातीय पहिरनमा सजिएका मगरहरू आफ्नो परम्परा झल्काउने वस्तु र सामग्रीसहित झाँकीमा सहभागी भएका थिए । सेखु ओडेका महिलाहरू, हलोजुवासहित झुल्केका पुरुष । गरगहना र वेषभूषामा सजिएका युवायुवती । नेपाली मौलिक संस्कृतिको झल्को मगर दिवसले दिएको थियो । पहाडे वास्तु झल्काउने परम्परागत नमूना घरले पनि झाँकीमा आकर्षण थपेको थियो । कोही पञ्चेबाजामा नाचिरहेका थिए, कोही कौरामा । कतै सोरठी गुञ्जिरहेको थियो, कतै यानीमाया ।

झाँकी प्रदर्शनीपछि पोखरा–१० मा रहेको मगर संघको सभाकक्षमा दिवसको मूल समारोह केही समय चल्यो । त्यहाँ पनि भाषणभन्दा सांस्कृतिक प्रस्तुतिलाई आयोजकले बढी स्थान दियो । विभिन्न समूहले आ–आफ्नो गीत र नाच देखाए । भित्र दिवसको मूल समारोह चलिरहँदा सभाकक्षबाहिर नाचगान गरेर रमाउनेहरूको सङ्ख्या पनि उत्तिकै थियो । के महिला, के पुरुष । सबै आफ्नो मगर पहिरनमा ठाटिएर दिवस मनाउन पुगेका थिए ।

समारोहमा बोल्दै गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मगरले अवसर पाए जनजाति समुदाय देशकै नेतृत्व गर्न सक्षम रहेको बताए । आफ्नै इतिहास, रहनसहन र संस्कृतिले मगरहरूलाई बेग्लै पहिचान दिलाएको उनको भनाइ छ ।

मन्त्री जुग्जाली मगरले जनजाति समुदायका युवाहरूलाई विदेशमोह त्यागेर देश सेवाका लागि निजामती क्षेत्रमा आउन आग्रहसमेत गरे । उनले दिवसले मगरहरूबीचको एकतालाई थप सुदृढ पार्न प्रेरणा दिने उल्लेख गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सामाजिक रुपान्तरणमा मगर समुदायको ऐतिहासिक योगदान रहेको उल्लेख गरे । उनले मगर जातिलाई देशप्रेमी, परिश्रमी, इमान्दार र अनुशासित समुदायका रूपमा चित्रित गरे ।

आदिवासी जनजाति महासंघ गण्डकीका मुख्यसचिव सुजन लामाले मगर दिवसका दिन सार्वजनिक दिन सरकारसमक्ष माग गरे । उनले राज्यका हरेक निकायमा आदिवासी जनजाति समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता हुनुपर्ने बताए ।

नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारा थापामगरले विद्यालयमा मगर भाषाको पाठ्यक्रम पढाउनुपर्ने बताए । भाषिक, सांस्कृतिक र राजनीतिक अधिकारका लागि मगर समुदाय एकजुट हुनुपर्ने उनको भनाइ छ ।

तमु धिँ नेपाल कास्कीका अध्यक्ष होम तमुले आदिवासीको अधिकार प्राप्तिका लागि अझै संघर्ष गर्न बाँकी रहेको बताए । उनले सांगठानिकरूपमा एकताबद्ध हुँदै शिक्षा र राजनीतिमा पनि मगरहरू अब्बल हुनुपर्ने धारणा राखे ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुनमगरले संघ स्थापना भएको दिनलाई मगर एकता दिवसका रूपमा मनाउने गरिएको बताइन् । “फागुन १५ हाम्रा लागि ऐतिहासिक दिन हो, एकता दिवसलाई उत्सवकै रूपमा मनाउने गर्छौँ”, उनले भनिन् । दिवसका अवसरमा उत्कृष्ट सांस्कृतिक झाँकी प्रदर्शन गर्ने समूहलाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Norway Mourns King Harald V as Son Ascends to Throne

Far-Right Provocateur Milo Yiannopoulos Deported to UK by US Authorities

Nawalpur Authorities Prepare for Burial of Unidentified Flood Victims

Hundreds Remain Missing After Nepal Flash Floods Hit Hydropower Projects

China and India Deploy Tunnel Rescue Teams Following Nepal Flash Floods

Nepal Receives Over $40 Million in Disaster Relief Funding

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu