ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाको नीति : माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने !


एबीसी / संवाददाता
१७ फाल्गुन २०७९, बुधबार   ८ : ३७   बजे

काठमाडौँ, १७ फागुन । बागमती र कर्णाली प्रदेश सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ को सरकारले सघाउने संकेत गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गरेको बागमती र कर्णाली प्रदेशबाट केन्द्रीय निर्णय भन्दै बाहिरिएको राप्रपाले प्रदेश १ मा नेकपा (एमाले) हिक्मत कार्की नेतृत्वको सरकारलाई भने समर्थन कायम नै गरेर अघि बढ्ने संकेत गरेको हो ।

मुख्यमन्त्री कार्कीसँग मंगलबार बसेका राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले कार्की सरकारलाई समर्थन कायम नै राखेर जान सक्ने बताएको एमाले नेताहरुले बताएका छन् ।

‘राप्रपाका साथीहरुले सरकारवाट तत्काल समर्थन फिर्ता नलिने बरु मिलेर जानु पर्छ भन्ने धारणा राख्नुभएको छ,’ एमालेका एक नेताले भने । उनका अनुसार सरकार र संसदमा मिलेर जाने बारेमा दुवै पार्टीबीच घनिभूत छलफल भएको छ ।

यता, कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रदेश सांसद सन्तोषी शाहीले जानकारी दिएकी छन् । राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय सरकार र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेपछि कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागिएको हो । बुधवार नै संसद सचिवालयमा गएर समर्थन फिर्ता लिएको सांसद शाहीले जानकारी दिइन् ।

उता, बागमती प्रदेशमा रहेका तीन मन्त्रीले आइतबार नै सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेका छन् । माओवादीका शालिकराम जम्मेरकट्टेल नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीहरुमा खानेपानीमन्त्री उद्धव थापा, ऊर्जा तथा सिंचाइमन्त्री डम्बरबहादुर तामाङ र उद्योग तथा सहकारीमन्त्री राजु बिष्टले राजिनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Norway Mourns King Harald V as Son Ascends to Throne

Far-Right Provocateur Milo Yiannopoulos Deported to UK by US Authorities

Nawalpur Authorities Prepare for Burial of Unidentified Flood Victims

Hundreds Remain Missing After Nepal Flash Floods Hit Hydropower Projects

China and India Deploy Tunnel Rescue Teams Following Nepal Flash Floods

Nepal Receives Over $40 Million in Disaster Relief Funding

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu