ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’


एबीसी / संवाददाता
१८ फाल्गुन २०७९, बिहिबार   ६ : १५   बजे

झापा, १८ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भूमिगत राजनीतिक जीवनको तीन दशकअघिका घटना सुनाउँदा झापाको मेचीनगर–११ की लता प्रसाईंको आँखामा आँसु थामिएनन् ।

प्रसाईं त्यस्तो ‘भूमिगत आमा’ थिइन्, जसले नेत्री शाक्य पञ्चायती शासनविरुद्ध भूमिगत राजनीतिक काममा हुँदा वर्षौँसम्म उनकी छोरी आस्थालाई आफ्नै छोरीसरह पालनपोषण गरेर हुर्काएकी थिइन् । केही दिनअघि शाक्य ‘मिसन ग्रासरुट’ अभियानको सन्दर्भमा तिनै ‘भूमिगत आमा’को घरमा आएकी थिइन्। महिला कार्यकर्ताको बाक्लो उपस्थितिमा उनले २०४६ सालअघि प्रसाईंको घरसँग जोडिएको भूमिगत राजनीतिको नाताप्रति भावुक हुँदै सुनाइन्, “मैले काखकी छोरी आस्थालाई पालनपोषण गर्ने गरी यहीँ घरमा छाडेर पार्टी काममा गएको थिएँ ।”

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शाक्य र एमाले नेता अमृतकुमार बोहोराबीच भूमिगत कालमै २०३७ सालमा विवाह भएको थियो । पञ्चायती निरङ्कुश शासनको चर्को दमनका बीच शाक्य धनकुटाको पिस्कर र झापामा तत्कालीन नेकपा मालेको संगठन विस्तार र आन्दोलनमा खटिएका थिए ।

छोरी आस्था र छोरा विश्वासको जन्म भएपछि दुवै सन्तानलाई उनीहरूले पार्टीका कार्यकर्ताको घरमा छाडेर भूमिगत राजनीतिमा सक्रिय हुनुपरेको थियो । यही क्रममा छोरी आस्था मेचीनगरका विष्णु प्रसाईं र लता प्रसाईंको घरमा हुर्किइन् भने छोरा विश्वास गौरादहको छविलाल श्रेष्ठको घरमा ।

वर्षौँसम्म भूमिगत सेल्टरमा अरुकै परिवारमा बिताएका शाक्यका छोराछोरीले २०४६ सालको जनान्दोलनको सफलतापछि मात्र जन्मदाता आमाबुबासँग बस्न पाएका थिए । लामो अवधिपछि भेट्दा छोरीले आफूलाई आमा भनेर नचिनेर टाढिन खोजेको प्रसंग शाक्यले सुनाउँदा ‘भूमिगत आमा’ प्रसाईंले आँसु लुकाउन सकिनन् ।

“मैले कहिले पनि आस्थालाई उनकी आमा जीवनमरणको भूमिगत राजनीतिक संघर्षमा होमिँदै छोरीलाई अर्काको घरमा छाडेर गएकी छन् भनेर महसुस हुन दिइनँ”, प्रसाईंले तीन दशकअघिका दिन सम्झिँदै भनिन्, “आस्थाले मलाई वास्तविक आमा नै मान्थिन् । मेरो अर्की उस्तै उमेरकी छोरीलाई एउटा हातमा र आस्थालाई अर्को हातमा च्यापेर हुर्काएँ । विसं २०४६ मा बहुदल स्थापनापछि अष्ट कमरेड छोरी लिन आउँदा आस्थाले मलाई वास्तविक आमा ठान्दै मसँगै बस्छु भनेर धेरै जिद्दी गरेकी थिइन् ।”

प्रसाईंको घर एकान्त गाउँमा भए तापनि उनका पति विष्णु प्रसाईं तत्कालीन नेकपा मालेको जिल्लाकै मुख्य नेता भएकाले प्रहरी प्रशासनको कर्के नजर परिरहन्थ्यो । पतिको राजनीतिक जीवन र शाक्यकी छोरीको भूमिगत बाल्यकाललाई सतर्कतापूर्वक जोगाउनु निकै कठिन थियो ।

भूमिगत नेताकी छोरी भनेर गाउँलेले समेत सुइँको नपाउने गरी प्रसाईं परिवारले आस्थाको पालनपोषण राम्ररी गर्दै आएको थियो । “छिमेकीले कसको नानी भनेर सोध्दा मेरी मितिनीको छोरी हुन्, गरिब भएर हुर्काउन नसकेकाले ल्याएर पालेकी छु भनिदिन्थेँ”, उनले भनिन् ।

भूमिगत नेताका छोरीलाई प्रसाईं परिवारले वर्षौँसम्म ममतापूर्ण आश्रयसहित शिक्षादीक्षासमेत प्रदान गरेको थियो । बागमती प्रदेशका पूर्वप्रमुख विष्णु प्रसाईंका अनुसार उसबेला पार्टीको काम इमानदारी, गोपनीयता र बलिदानको भावनाले गरिन्थ्यो ।

“मैले मेरा र अष्ट कमरेडका छोरीहरूलाई एउटै विद्यालयमा पठनपाठन गराएको थिएँ, आस्थाले मलाई बुबा भनेर बोलाउने गर्थिन्”, प्रसाईंले सुनाए, “विद्यालयमा उनको बुबा बनेर थर पनि प्रसाईं नै लेखिदिएको थिएँ । विद्यालयका शिक्षकले छोरी भनेर मलाई अभिभावक ठानेका थिए ।”

एमालेले फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको प्रदेश नम्बर १ को संयोजक बनेर आएकी नेत्री शाक्यले आफूले भूमिगत सेल्टरका रूपमा प्रयोग गरेका घर र परिवारसँग भेटघाट गरिरहेकी छन् । यही क्रममा उनले आफ्ना छोराछोरीलाई पालनपोषणका लागि भूमिगत राखेको प्रसाईं र श्रेष्ठ परिवारसँग भलाकुसारी गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Norway Mourns King Harald V as Son Ascends to Throne

Far-Right Provocateur Milo Yiannopoulos Deported to UK by US Authorities

Nawalpur Authorities Prepare for Burial of Unidentified Flood Victims

Hundreds Remain Missing After Nepal Flash Floods Hit Hydropower Projects

China and India Deploy Tunnel Rescue Teams Following Nepal Flash Floods

Nepal Receives Over $40 Million in Disaster Relief Funding

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu