ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति निर्वाचनमा खुलेनन् पाँच दल


एबीसी / संवाददाता
२४ फाल्गुन २०७९, बुधबार   ७ : ४४   बजे

काठमाडौँ, २४ फागुन । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश संसद्‌मा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि राजनीतिक दलले कसलाई मत दिने अझै खुलेका छैनन् ।

आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्‌मा रहेका तीनवटा दल र प्रदेश संसद्मा रहेका २ दल गरी पाँच राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा अझै मत दिने भन्नेबारे नखुलेका हुन् ।

यसरी खुल्न नसकेका संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् भने प्रदेश संसद्‌मा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टी रहेका छन् ।

राष्ट्रपति निर्वाचनको बारेमा निर्णय गर्नका लागि राप्रपाले भोलि ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने रास्वपाले फागुन २५ गते बिहान संघीय संसदीय दलको बैठक बोलाएको छ । दुवै पक्षले सो बैठकबाट खुल्ने बारेमा निर्णय लिने तयारी गरेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल उम्मेदवार छन् भने प्रतिपक्षी दलबाट नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङलाई उठाएको छ ।

आचारसंहिताले खुल्न नपाइने
राष्ट्रपति निर्वाचनका लागि गत फागुन १७ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु भएकाले कुनै उम्मेदवारको पक्षमा खुल्न भने पाइने छैन ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता लागु भइसकेकाले राजनीतिक दलले पक्षधरता देखाउन नपाउने बताए ।

‘गत फागुन १७ गतेदेखि नै राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागु भइसकेको अवस्था छ, आचारसंहिता लागु भइसकेकाले अब कुनै पनि राजनीतिक दलले राष्ट्रपतिको उम्मेदवारको पक्षधरता देखाएर निर्णय लिन पाउँदैनन,’ उनले भने, ‘अब कुन उम्मेदवारको पक्षमा खुल्ने कुरा प्रचार हुन्छ ।’

‘आचारसंहिता लागु भएकाले प्रचार गर्न पाउँदैनन्, यसमा रोक लागिसकेको अवस्था छ ।’ उनका अनुसार अब पक्षधरता देखाए वा खुलेमा निर्वाचन आयोगले राजनीतिक दललाई प्रस्टीकरण सोधेर कारबाही गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu