ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलित समुदायमाथि अपमानित गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही माग गर्दै सिरहामा प्रदर्शन


एबीसी / संवाददाता
२८ फाल्गुन २०७९, आइतबार   ६ : १५   बजे

सिरहा, २८ फागुन । सिराहामा दलित समुदायमाथि अपमानित व्यहार गरेको विरुद्धमा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै सिराहाको गोलबजारमा प्रदर्शन गरेका छन् ।

दलितमाथि सार्वजनिक स्थानमा छोईछिट्टोको व्याबहार गरिनु कानुनी रुपमा अपराध भएको भन्दै मोर्चाले गाउँ पालिका अध्यक्षलाई कारबाहीको माग गरेका हुन् ।

कोणसभामा मोर्चाका प्रदेश संयोजक शिवकुमार महराले कानुनको रक्षा गर्ने, कार्यान्वयन नगर्ने व्यक्ति र संस्थाहरु नै दलितमाथि विभेद गर्न उद्देलित भएको बताए । उनले भने, ‘कानुन निर्माता र कार्यान्वयन गर्ने व्यक्तिहरुको यस्तै रबैया रहिरहेमा दलितहरु फेरि आन्दोलित हुनुपर्ने देखिन्छ, भगवानपुर घटनाको छानविन गरी दोषिलाई कारबाही नगरे हामी आन्दोलनलाई निरन्तरता दिन्छौँ ।’

सोही क्रममा पूर्वजिल्ला समन्वय समिति सिरहाका सदस्य तथा अधिकारकर्मी कृष्णमाया विकले दलितहरु फेरि कानुन कार्यान्वयनको लागि एकजुट हुनुपर्ने अवस्था आएको बताए । आज पनि दलितमाथि विभिन्न खालका विभेद भई रहेको जनाउँदै कानुन कार्यान्वयन गर्न पनि दलितले आन्दोलन गर्नुपर्ने अवस्था आएको अधिकारकर्मी विकले बताए ।

पत्रकार तथा अधिकारकर्मी अर्जुन थपलियाले भागवानपुर घटना मेलमिलाप गर्ने खालको नभएको बताए । उनले भने, ‘यो घटना ६० लाख दलितहरुप्रतिको अपमान हो, सामाजिक मेलमिलापको विषय होइन, कानुनी निरुपणको विषय हो । घटनाको विषयमा छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गरिनुपर्छ।’

नेकपा (एमाले)का जिल्ला सचिवसमेत रहेका भगवानपुर गाउँपालिका अध्यक्ष यादवले फागुन २२ गते सोमबार आमाको मृत्युको १३ दिने भोजको आयोजना गरेका थिए । त्यही भोजमा दलित, गैरदलित र मुस्लिम समुदायलाई प्लेकार्ड र ब्यानार राखेर छुट्टाछुट्टै भोजको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group