ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तपाईंहरुमध्ये एक आईजीपी हुने हो, मिलेर काम गर्नुस् – प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
८ चैत्र २०७९, बुधबार   ६ : ३९   बजे

काठमाडौं, ७ चैत । सरकारको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दाहालले बढुवा भएका एआईजीहरुलाई बधाई दिँदै सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गरे ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित सिंहदरबार पुगेका ५ एआईजीमध्येबाटै चार दिनपछि आईजीपी नियुक्ति हुँदैछ । आईजीपी बढुवाको चार दिनअघि बुधबार उनीहरुले एआईजीको दज्र्याही चिह्न लगाएका छन् ।

भेटमा सहभागी एक अधिकृतका अनुसार प्रधानमन्त्री प्रचण्डले बढुवा भएका सबै अधिकृतहरु राम्रो भएको बताउँदै संगठन र सरकारको छवि उच्च बनाउने गरी काम गर्न निर्देशन दिए ।

‘अहिले बढुवा हुनु भएका ५ जनामध्येबाटै एक जना आईजीपी हुने हो, मिलेर काम गर्नुस्’, प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘एआईजी बढुवा मेरिट वेसिसमा भएको छ, गुनासो कसैको भएको छैन ।’
उनले यसपालि एआईजी बढुवा निर्विवाद भएको बताउँदै खुशी समेत व्यक्त गरेको ती अधिकृतले बताए ।

अहिले गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेका छन् । मन्त्रालयले १३ मंसिरमा डीआईजीहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । त्यसअघि तत्कालीन डीआईजी अशोक सिंह बढुवाका लागि आकांक्षी थिए । तर, जन्ममिति विवाद सतहमा आएपछि उनले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group