ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खप्तडमा ‘हेली टुर’ सञ्चालन


एबीसी न्यूज
१० चैत्र २०७९, शुक्रबार   ३ : १०   बजे

काठमाडौं, १० चैत । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गर्न लागिएको हो ।

समिट एयरले आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले खप्तडको प्रवेशद्वार झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । डोटीको पूर्वचौकी गाउँपालिकामा पर्ने रहेको ‘खप्तड होमस्टे’ को समन्वयमा खप्तड एडभेन्चर हेली टुर सुरु भएको हो ।

आजदेखि सुरु भएको खप्तड एडभेन्चर हेली टुर चैत १२ गतेसम्म सञ्चालन गरीने खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताउनुभयो । धार्मिक तथा पर्यटकीयस्थल खप्तडको अवलोकन तथा प्रचाप्रसारका लागि ‘हेली टुर’ सुरु गरिएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक खड्काले बताउनुभयो ।

साथै डोटीको झिग्रानाबाट खप्तडमा घुमफिरमा जाने यात्रुहरूले प्रतिव्यक्ति रु १० हजारसम्म शुल्क तोकिएको खड्काले बताउनुभयो ।

खड्काले हेलिकप्टरमार्फत खप्तड घुम्नका लागि झिग्रानाबाट छोटो प्याकेज ल्याइएको छ । ‘हेली टुर प्याकेज’ आजदेखि १२ गतेसम्म रहनेछ । पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ । पाँच दिनमा तीन सय पर्यटकलाई खप्तड पुर्‍याउने योजना रहेको खड्काले जानकारी दिनुभयो ।

सुदूरपश्चिमका चार पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थल रहेको खप्तडमा त्रिवेणी मन्दिर, २२ वटा पाटन छन् । केदार ढुङ्गा, खप्तडबाबाको आश्रम, विभिन्न प्रजातिका फूल तथा चराचुरुङ्गी रहेका छन् ।

भूस्वर्गका उपमाले चिनिने खप्तड समुन्द्री सतहबाट दुई हजार सात सयदेखि तीन हजार दुई सय २७ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ विश्वमै अति दुर्लभ दलदले घाँसेमैदान पनि रहेको छ । पछिल्लो समय भूस्वर्गका रुपमा चिनिने खप्तड दिनानु दिन पर्यटको रोजाइ बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group