ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको ८ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन


एबीसी / संवाददाता
१४ चैत्र २०७९, मंगलबार   ८ : २४   बजे

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत लिएको ८ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

मन्त्रिपरिषद् विस्तार गर्ने भनेर पटक–पटक मिति नै घोषणा गरेको प्रधानमन्त्रीले अहिले पनि विभिन्न बहाना बनाएर मन्त्रिपरिषद् विस्तारलाई टार्दै आएका छन् ।

नेकपा (एमाले)सँगको सहकार्य टुटेपटि उनले राष्ट्रपति चुनावलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । त्यसपछि उपराष्ट्रपतिको चुनावपछि मात्रै सरकार विस्तार गर्ने बताए । उपराष्ट्रपतिको चुनावपछि प्रचण्डले विश्वासको मत लिएपछि सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बाचा गरे । तर, चैतको ६ गते विश्वासको मत लिएको ८ दिन हुँदा पनि मन्त्रीहरू नियुक्त भएका छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन भइरहेको पहल, गृह, अर्थ र रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने विवाद, जनता समाजवादी पार्टी र जनमत पार्टीले धेरै मन्त्रालय माग्नुलगायत कारण प्रधानमन्त्री प्रचण्ड समस्यामा परेका छन् ।

मन्त्रिपरिषद् विस्तार नहुँदा १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसँगै छ । यसले गर्दा मन्त्रालयका काम भद्रगोल भएका छन् । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको मुख्य समय र आउँदो वर्षको बजेट बनाउने समयमा मन्त्रालयहरू मन्त्रीविहीन हुँदा समस्या झनै बढेको छ । मन्त्रालयका काम निकै प्रभावित भएको सचिवहरूले बताएका छन् ।

चाँडै मन्त्रिपरिषद् विस्तार गर्नुको साटो सत्ता साझेदार दलकै बीचमा भनाइ बाझिन थालेको छ । माओवादीले जतिसक्यो चाँडै मन्त्रिपरिषद् विस्तारको माग गरेको छ भने नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्रै विस्तार गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group