ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


एबीसी / संवाददाता
१५ चैत्र २०७९, बुधबार   ७ : १४   बजे

काठमाडौँ, १५ चैत । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दै छ । बुधबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन बैठक बस्दे तय भएको छ ।

मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे बैठकमा छलफल हुने छ ।

मंगलबार साँझ पनि बालुवाटारमा बगठन्धनको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस गरेका थिए ।

न्यूनतम साझा कार्यक्रमको मस्यौदामा समावेश गरिएका विषयवस्तु अध्ययन गरी थपघट गर्न आज पुनः बैठक बस्दै छ । साथै मन्त्रालय भागबन्डाबारे पनि दलहरू सहमतिमा पुग्न छलफल गर्ने तयारीमा छन् ।

कसले कति मन्त्रालय लिने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । दलहरूले आफूहरूले पाउनुपर्ने मन्त्रालय संख्या दाबी गरिसकेका छन् ।

नेपाली कांग्रेसलाई ८, नेकपा (माओवादी केन्द्र)लाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, नेकपा (एकीकृत समाजवादी)लाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टीलाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, लोकतान्त्रिक समाजवादी पार्टीलाई १ मन्त्रालय साथै स्वतन्त्रबाट १ जनालाई मन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्रीले राखेका थिए ।

सो प्रस्तावमा दलहरूले आ–आफ्नो दाबी राखेका थिए । यसबारे आज थप छलफल गरी सहमतिमा पुग्ने दलहरूले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले गत चैत ६ मा दोस्रोपटक विश्वासको मत लिएका थिए । मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले १६ मन्त्रालय हेर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu