ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको समृद्धि एमालेबाट मात्र सम्भव : वरिष्ठ उपाध्यक्ष पोखरेल


एबीसी / संवाददाता
१६ चैत्र २०७९, बिहिबार   ५ : ५८   बजे

महोत्तरी, १६ चैत । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि आफ्नै दलबाट मात्र सम्भव हुने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा बुधबार पार्टीको ‘मिसन ग्रासरुट’ अभियानबारे अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रममा उनले मुलुकको अग्रगति र जनताका समस्याबारे बुझ्ने पार्टी एमाले मात्र भएको बताए ।

एमालेले विगतमा सरकारको नेतृत्व सम्हाल्दा मधेसमा पूर्वपश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने सडक, हुलाकी सडक, रेल सञ्चालनका लागि पूर्वाधार निर्माणमात्र नभएर किसानका खेतखेतमा पानी पुर्याउन सुनकोशी मरिन डाइभर्सनको काम थालेको पोखरेलको भनाइ छ । मधेसको विकासका लागि एमाले नेतृत्वको सरकारले थालेका काम पूरा गर्न फेरि एमाले नै नेतृत्वमा आउन पर्ने उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले आफ्नो दलको प्राथमिकतामा सरकार नरहेको स्पष्ट पार्दै आउने निर्वाचनमा आवश्यक बहुमत जुटाउन पार्टी कार्यकर्तालाई आम जनतासँगको सम्बन्ध सुमधुर बनाउन निर्देश गए । पार्टीको जारी ‘मिसन ग्रासरुट’ अभियानकै क्रममा सांगठनिक काम व्यवस्थित गरेर अघि बढ्न पोखरेलले कार्यकर्तालाई अपिल गर्नुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज रघुवीर महासेठले मधेसबाट प्रतिनिधिसभा र प्रदेशसभामा अहिले पनि आफ्नो दल पहिलो रहेको उल्लेख गर्दै आउने निर्वाचनमा भने स्पष्ट बहुमतसहितको बन्ने दाबी गरे ।

एमाले जिल्ला अध्यक्ष कालीचन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य लालबाबु पण्डित, पोलिटब्युरो सदस्यद्वय जुली महतो र रामदयाल मण्डलले अहिलेको पार्टी अभियान ‘मिसन ग्रासरुट’बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group