ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यबहादुर थापाका पुत्र सुनिलबहादुर थापा राष्ट्रपतिका राजनीतिक सल्लाहकार नियुक्त


ABC NEWS
१६ चैत्र २०७९, बिहिबार   ४ : ५२   बजे

 

काठमाडौं १६ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री ससूर्यबहादुर थापाका पुत्र सुनिलबहादुर थापा राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार नियुक्त भएका छन्।

पूर्वआपूर्तिमन्त्रीसमेत रहेका उनलाई राष्ट्रपति पौडेलले बिहीबार राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्।

कांग्रेस केन्द्रीय सदस्य थापाले आफूलाई शीतलनिवासले राजनीतिक सल्लाहकारको पत्र दिएको पुष्टि गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार नै पूर्वगभर्नर चिरञ्जीवी नेपाललाई आर्थिक विज्ञमा र पूर्वमहान्यायाधीवक्ता बाबुराम कुँवरलाई कानुनविज्ञमा नियुक्त गरेका छन्।

उनी २०७४ जेठमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।

उनी २०७४ र गत मंसिरमा भएको स‌ंसदीय निर्वाचनमा धनकुटा क्षेत्र नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका थिए।

थापाले लामो समय संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न देशमा काम गरेका थिए। उनी सन् २०११ मा शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्च आयोगको सुडान कार्यालयमा कार्यरत रहेका बेला राजीनामा गरी राजनीतिमा आएका हुन्।

त्यसपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। थापा २०७७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरर सह(महामन्त्री बनेका थिए। उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu