ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ, कुन दलबाट को–को बन्दैछन् मन्त्री ?


एबीसी / संवाददाता
१७ चैत्र २०७९, शुक्रबार   ९ : ४२   बजे

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले दलहरूलाई दिउँसो १ बजेभित्र मन्त्री बन्नेहरूको नामावली बुझाउन आग्रहसमेत गरिसकेका छन् ।

दलहरूको नामावली आएपछि दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह हुने प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ वटा मन्त्रालयको जिम्मेवारी आफैँ सम्हाल्दै आएका छन् । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएपछि ती मन्त्रालय रिक्त रहेका हुन् ।

अहिले सरकारमा ४ मन्त्री मात्रै छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । तर, सत्ता साझेदार दलहरूबीच केही मन्त्रालयमा कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सत्ता साझेदार दलहरूबीच नेपाली कांग्रेसले ८, नेकपा (माओवादी केन्द्र)ले ५, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले २–२, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले एक–एक मन्त्रालय पाउने सहमति भएको छ ।

कुन दलबाट को बन्दैछन् मन्त्री ?
सत्ता साझेदार दलमध्ये प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालयसहित सरकारमा सहभागिता जनाउँदै छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ ।

कांग्रेसबाट खड्कासहित उपसभापति धनराज गुरूङ, नेताहरू रमेश रिजाल, एनपी साउद, सीता गुरूङ, डिगबहादुर लिम्बू, मोहनबहादुर बस्नेत मन्त्री बन्ने सम्भावना उच्च छ ।

एकीकृत समाजवादीले शिक्षा र भौतिक पूर्वाधार मन्त्रालय लिने भएको छ । प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री र बेदुराम भुसाल शिक्षा मन्त्री बन्ने भएका छन् । लोसपाबाट शरतसिंह भण्डारी र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता चौधरीको नाम चर्चामा छ ।

त्यस्तै, सत्ता गठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेको छ । प्रधानमन्त्रीसहित गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय माओवादीले नेतृत्व गर्ने भएको छ ।

भौतिक, पूर्वाधार तथा याताया मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ । उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।

माओवादीबाट अहिले सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री सुदन किराती छन् । माओवादीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने कांग्रेसले लिने भएको छ । सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई अर्को मन्त्रालय दिने प्रधानमन्त्री प्रचण्डको छ ।

जसपाले लिने २ वटा मन्त्रालयको भने टुंगो लागिसकेको छैन । जसपाले मन्त्रीको नाम टुंगो लगाउने जिम्म अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव मन्त्री बन्ने भएका छन् । उनलाई दिने मन्त्रालयबारे टुंगो लागिसकेको छैन ।

त्यस्तै, आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि मन्त्री बन्दैछन् । उनको पनि मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group