ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपाल नढाकी सार्वजनिकस्थलमा गएको भन्दै इरानमा दुई महिला पक्राउ


एबीसी / संवाददाता
१९ चैत्र २०७९, आइतबार   ९ : २२   बजे

इरान, १९ चैत । इरानमा कपाल नछोपी (हिजाब नलगाई) सार्वजनिक स्थलमा आएको भन्दै दुई महिलामाथि दही छ्यापिएको छ ।

महिलामाथि दही छापिएको भिडियो सार्वजनिक भएपछि सोही आधारमा हिजाब नलाएको भन्दै इरानी पुलिसले उनीहरुलाई पक्राउ गरेर मुद्दा चलाएको छ । महिलाहरुले कपाल नढाकी बजारमा किनमेलका लागि निस्केका कारण देखाउँदै सरकारले उनीहरुलाई पक्राउ गरेको इरानी सञ्चार माध्यमले जनाएका छन् ।

दुई महिला ग्राहक एक पुरुषसँग कुराकानी गर्न तथा किनमेल गर्न पसलमा जान्छन् । त्यसको केही बेरमा पसलमा राखिएको दही दुवै महिलाको टाउकोमा एक पुरुषले छ्यापिदिन्छन् । जुन भिडियो अहिले भाइरल भएको छ, जुन भिडियोमा देखिएका महिलालाई नै कपाल नढाकी पसलमा गएको भन्दै प्रहरीले पक्राउ गरेको हो  ।

साथै,  सार्वजनिक स्थानमा हंगामा गरेको आरोपमा दही फाल्ने व्यक्ति पनि पक्राउ परेका छन् ।

इरानको न्यायपालिकाले ती दुई महिलालाई सार्वजनिक रूपमा कपाल नछोपेको आरोपमा हिरासतमा लिइएको बताएको छ। टाउको वा कपाल नढाक्नु इरानमा गैरकानुनी मानिन्छ । उता, इरानी न्यायपालिकाले पसलका मालिकलाई पनि कानूनको पालना सुनिश्चित गर्न नोटिस जारी गरिएको जनाएको छ ।

गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विरुद्धमा ठुलो प्रदर्शन भएको थियो । महसा अमिनीलाई हिजाब राम्रोसँग नलगाएको भन्दै हिरासतमा लिइएको दाबी गरिएको थियो ।

हालसम्म हजारौं प्रदर्शनकारी पक्राउ परेका छन् र डिसेम्बरमा चार प्रदर्शनकारीलाई फाँसी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu