ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, प्रतिपक्ष दलले मुख्यमन्त्री गिरीको राजीनामा माग्ने


एबीसी / संवाददाता
२० चैत्र २०७९, सोमबार   ९ : २३   बजे

बुटवल, २० चैत । सरकार परिवर्तनको रस्साकस्सी चलिरहेको बेला लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ ।

प्रदेशसभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप सोमवारको बैठक आह्वान गरिएको हो । सो बैठकमा मुख्यमन्त्री लिला गिरीले ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेयक पेस गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसैगरी, प्रतिपक्ष दलहरुले भने विशेष समयमा मुख्यमन्त्री गिरीको राजिनामा माग्ने तयारी गरेका छन । नेकपा (माओवादी केन्द्र)सहित केन्द्रीय सत्तारुढ गठबन्धन आबद्ध दलले समर्थन फिर्ता लिएको भन्दै राजीनामा दिनु पर्ने मागलाई बैठकमा उठाउने  तयारी उनीहरूले गरेका हुन् ।

माओवादीलगायतको समर्थनमा मुख्यमन्त्री बनेका एमालेका गिरीलाई केन्द्रीय राजनीति परिवर्तन भएलगत्तै माओवादीलगायतले समर्थन फिर्ता लिएपछि राजीनामा दिनु पर्ने विषय उठाइँदै आए पनि गिरीले भने संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन खोजिरहेका छन् ।

प्रतिपक्ष दलहरुले भने गिरीको राजीनामा पछि कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै यसअघि नै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरे अनुसार तत्काल नियुक्ति खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group