ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानी राजाको भारत भ्रमण, दिल्लीमा उच्च स्वागत


ABC NEWS
२१ चैत्र २०७९, मंगलबार   ३ : २६   बजे

 

काठमाडौँ २१ चैत । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक सोमबार तीनदिने भारत भ्रमणका लागि नयाँ दिल्ली आएका छन् ।राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा राजा वाङचुक भारत आएका हुन् ।

चीनसँगको सीमा विवादका सन्दर्भमा भुटानका प्रधानमन्त्री लोटे छिरिङको ‘सफ्ट’ धारणा बाहिर आएपछि भारतको कुटनीतिक वृत्त तरंगित भएका बेला राजा दिल्ली आएका हुन् । विदेशमन्त्री एस जयशंकरले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राजा वाङचुकको स्वागत गरेका छन् । अपराह्न दिल्ली आइपुगेका राजा वाङचुक होटल ताज प्यालेसमा बसेका छन् ।

 

पहिलो दिन विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका राजाको दोस्रो दिन प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति मुर्मूसँग भेटघाट हुनेछ ।

बेल्जियम भ्रमणका क्रममा त्यहाँको मिडियालाई दिएको अन्तर्वार्तामा भुटानी प्रधानमन्त्री छिरिङले भुटानको सीमाभित्र चीनले कुनै गाउँ नबसाएको टिप्पणी गरेका छन् । जवकि २०२० को एक रिपोर्ट अनुसार भुटानको सीमा मिचेर चीनले गाउँ बसाएको कुरा बाहिर आएको थियो ।

चीनको भूटानसससंगको सम्वन्ध बढेको बेला भएको भुटानी राजाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भारतमा त्यही विषयले चर्चा पाएका बेला त्यसलाई भुटानी प्रधानमन्त्रीले खण्डन गरिदिएका छन् । आफ्नो अन्तरवार्तामा उनले चीनको तर्फबाट सीमा अतिक्रमण नभएको स्पष्ट पारेका छन् । भुटानी प्रधानमन्त्रीको उक्त भनाइलाई भारतमा भने चीनको दबाब वा प्रभावमा आएको भन्दै व्याख्या गरिएको छ । प्रधानमन्त्री छिरिङले डोकलम सीमा विवाद भुटान, चीन र भारतको त्रिपक्षीय विषय रहेको पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group