ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोनाको ओमिक्रोनका ९ सबभेरियन्ट सक्रिय, नयां भेरियन्ट पनि भेटियो


ABC NEWS
२१ चैत्र २०७९, मंगलबार   ३ : ३२   बजे

 

काठमाडौं । नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबभन्दा धेरै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यसक्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन एक्सबीबी=१.१६ सहितका ९ वटा सबभेरिएन्ट छन् ।

२४ नमुनामध्ये ९ वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको मन्त्रालयले जनाएको छ । ओमिक्रोनकै दुई सबभेरियन्ट मिलेको बनेको यो यो निकै संक्रामक मानिन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। अभियान गौतम भन्छन्, ‘यो नजिताले संसारको कुनै पनि कुनामा म्युटेसन भएको सबभेरिएन्ट तुरुन्तै नेपालमा आएको छ र नेपालमा रोकथामका लागि कुनै पनि उपाय अपनाइएको छैन भन्ने देखाएको छ ।’

उनका अनुसार ओमिक्रोन एक्सबीबी.१.१६ ले हालसालै भारतमा संक्रमण बढाएको थियो । त्यसको करिव दुई सातामा यो संक्रमण नेपाल भित्रिएको स्थल मार्गबाट नेपाल आउनेहरुको नमुना परीक्षणले देखाएको थियो ।

डा। गौतमका अनुसार नेपालमा अबका दिनहरुमा कोरोना संक्रमण अझ बढ्नेछ । किनकी मास्क लगाउन, समाजिक दुरी कायम गर्ने जस्ता सावधानीका उपायहरु अपाइएको छैन । उनले भने, ‘भ्याक्सिन लगाएकाहरु धेरै डराउनुपर्दैन । तर खोप नलगाएका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई गाह्रो पार्नसक्छ ।’

 

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group