ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशी पार्टीका चुनावी घोषणापत्रमा नेपालको जलविद्युत् भित्र्याउने एजेन्डा


एबीसी न्यूज
२४ चैत्र २०७९, शुक्रबार   १० : ०९   बजे

ढाका, चैत २४  ।  बंगलादेशका राजनीतिक दलले आफ्नो घोषणापत्रमै नेपालको जलविद्युतलाई प्राथमिकता दिएको पाइएको छ। बंगलादेशमा यही वर्षको अन्तिममा वा नयाँ वर्ष सुरु हुनेबित्तिकै चुनावको तयारी छ।

अवामी लिगबाट हाल प्रधानमन्त्री रहेकी शेख हसिनाले पछिल्लो समय निरन्तर सरकार सञ्चालन गरिरहेकी छिन्। यो पार्टी नै बंगलादेशको प्रमुख पार्टी हो। यसबाहेक विपक्षी जाटिया पाटी पनि छ। अर्को पार्टी बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी)ले भने गत चुनावमा भाग लिएको थिएन।

५ वर्षअघि भएको निर्वाचनमा पार्टीले भाग नलिए पनि यो पार्टीका केहीले स्वतन्त्र रुपमा भाग लिएका थिए। जसमा ५ सांसदले निर्वाचन जितेका थिए। सबैभन्दा ठूलो पार्टी बनेर बहुमत पाएको अवामी लिग पार्टीले उक्त चुनावी घोषणापत्रमा नेपालको जलविद्युतको विषय जोडेको थियो। उसले नेपालको जलविद्युतलाई बंगलादेशमा आयात गर्ने विषय समावेश गरेको थियो।

घोषणापत्रको इनर्जी व्यवस्थापन सम्बन्धमा भनिएको छ, ‘नेपाल र भुटानको ग्रिन इनर्जी समेत आयात गरेर आगामी समयमा देशको ऊर्जा व्यवस्थापन सहज गरिनेछ।’ हालसम्म सोही पार्टीको सरकारले बंगलादेशमा ४ पटक निरन्तरता पाइसकेको छ। उक्त पार्टीले यही वर्षको नीति तथा कार्यक्रममा समेत नेपालको जलविद्युत्लाई प्राथमिकतामा राख्दै छ।

नेपाल–भारत हुँदै बंगलादेशसम्मको विद्युत् प्रसारणलाइनबारे सम्झौता हुनसकेको खण्डमा यही वर्षको अन्तिममा तयार हुने चुनावी घोषणापत्रमा समेत त्यहाँका राजनीतिक दलको घोषणापत्रमा नेपालको जलविद्युत् आयातको विषयले प्राथमिकता पाउने देखिएको छ।

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएपछि बंगलादेशमा सत्तारुढ अवामी लिग र बीएनपीले पालैपालो शासन गर्दै आएका छन्।

प्रचण्डको भारत भ्रमणमा हुनसक्छ प्रसारणलाइन निर्माणको सहमति

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट भविष्यमै भारत भ्रमणको तयारीमा छन्। त्यसमा समेत नेपालबाट भारत हुँदै बंगलादेशसम्म डेडिकेटेड प्रसारणलाइन निर्माणको विषय उठ्ने र छलफल हुने आकलन गरिएको छ। त्यसमा नेपालले सहमतिको प्रयास समेत गर्ने तयारी गरेको छ।

त्यसअघि नेपाल–बंगलादेश बैठक बस्ने तयारी रहेको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ। यसअनुसार मे महिनाको १४/१५ तारिखमा उक्त बैठक बस्ने प्रस्ताव समेत भइसकेको छ। नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि रुट पहिचान गर्ने काम गरिरहेको छ। सम्भावित रुटहरू पहिचान गरेसँगै सो बैठक बस्नेछ। डेडिकेटेड प्रसारणलाइनको लागि अनारमनि–सिलगुडी–बंगलादेश वा इनरवा–पुर्णिया–बंगलादेश रुट उपयुक्त हुनेबारे छलफल भइरहेको छ।

भारतलाई ‘मनाउनुपर्ने’ अवस्था

भौगोलिक अवस्थितिअनुसार नेपाल र बंगलादेश सिधा जोडिएका छैनन्। त्यसकारण दुई देशबीचको हरसहमतिमा भारतलाई ‘मनाउनुपर्ने’ अवस्था छ। सोही कारण हरित ऊर्जा सहकार्यमा भारतसँग समेत छलफल गर्नुपर्ने हुन्छ।

त्यसलाई समेत मध्यनजर गरी नेपाल, बंगलादेश र भारतबीचको त्रिपक्षीय सहमति समेत जुटिसकेको छ। यसअनुसार नेपालबाट बंगलादेशले ५० मेगावाट विद्युत भित्र्याउने सहमति भएको हो। गत जनवरी ४ मा नयाँ दिल्लीमा भएको बंगलादेश–भारत ऊर्जा सहकार्यसम्बन्धी मन्त्रीस्तरीय बैठकमा समेत बंगलादेशका ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालबाट विद्युत् आयात गर्ने मामिलामा देखिने गरी नै ‘को–अपरेसन’ गर्न भारतलाई आग्रह गरेका थिए।

सो बैठकमा बंगलादेशले नेपालको विद्युत् भित्र्याउन भारतको सहयोग अनिवार्य हुने भएकोले सहयोग गर्न भारतीय पक्षलाई आग्रह गरेको थियो।न भएको बिजुली अहिले पनि उसले भारतबाट आयात गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group