ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२१ वाणिज्य बैंकको नाफा साढे ४८ अर्ब, नबिल बैंकको सबैभन्दा बढी ५ अर्ब ११ करोड नाफा

एबीसी / संवाददाता
८ बैशाख २०८०, शुक्रबार   ८ : ०७   बजे

काठमाडौँ, ८ वैशाख । एक वर्षअघिको तुलनामा गत चैतसम्म रकमका आधारमा बैंकहरूको नाफा बढेको देखिए पनि खराब कर्जा बढेको, सम्पत्तिको प्रतिफल घटेको बैंकहरूले बताएका छन् । सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये ७ को नाफा घट्नु र मर्जर तथा एक्विजिसन भएका बैंकको नाफा केही धेरैले बढेको देखिनुले पनि अपेक्षा र लगानीअनुसार नाफा बढ्न नसकेको उनीहरूको दाबी छ ।

‘रकमका आधारमा बैंकको नाफा बढेको देखिए वितरणयोग्य नाफा घट्नु, खराब कर्जा बढ्नु र पाकेको पनि सबै ब्याज उठेको छैन,’ नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले भने, ‘यद्यपि बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधि, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशलगायत कारणले अहिलेको अवस्था आउँछ भन्ने अनुमान भने थियो ।’ सरकारी खर्च बढ्ने, विस्तारै कर्जा असुली हुँदै जानेलगायत कारण आउँदा महिनामा बैंकहरूको वित्तीय अवस्थामा सुधार हुँदै जाने संकेत देखिएको पनि उनले बताए ।

बैंकहरूले बिहीबार प्रकाशन गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत चैतसम्म नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ११ करोड र कृषि विकास बैंकले सबैभन्दा कम एक अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चार अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएर ग्लोबल आईएमई दोस्रो धेरै नाफा कमाउने बैंक बनेको छ । मर्जर तथा एक्विजिसनका कारण यी दुवै बैंकको नाफामा वृद्धि भएको हो । मर्जरमा नगएका बैंकहरूमा एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकले क्रमशः ४ अर्ब १ करोड र ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर सिटिजन्स, कृषि, प्राइम, सनराइज, माछापुच्छ्रे, सिद्धार्थ र नेपाल बैंकको खुद नाफा गर्त वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ ।

बैंकहरूले चैत मसान्तमा उठ्नुपर्ने पाकेको ब्याज नउठेको बताइरहे पनि गत आर्थिक वर्षको तुलनामा यो वर्ष बैंकहरूको ब्याज आय धेरैले बढेको छ । ब्याजदर बढेकाले बैंकहरूको ब्याज आम्दानी पनि वृद्धि भएको हो । बैंकहरूको वित्तीय विवरणअनुसार गत चैतसम्म उठाउनुपर्ने करिब सवा २८ अर्ब रुपैयाँ ब्याज पनि असुली हुन सकेको छैन ।

गत चैतसम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४ प्रतिशत हाराहारीमा छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो कर्जा १।२१ प्रतिशत थियो । गत चैतसम्म वाणिज्य बैंकहरूले कुल ४३ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जसमध्ये एक खर्ब ३९ अर्ब रुपैयाँको कर्जा खराब भएको छ । यो कुल प्रवाह भएको कर्जाको करिब ४ प्रतिशत हो । तर, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट र एनआईसी एसियालगायत बैंकको खराब कर्जा भने एक प्रतिशतभन्दा कम छ ।

पछिल्ला वर्षमा बैंकहरूमा सेयरधनीको सम्पत्तिको प्रतिफल ९आरओई० भने निरन्तर घट्दो छ । एक दशकअघिको तुलनामा बैंकहरूको पुँजी धेरैले बढे पनि सो अनुपातमा प्रतिफल घट्दो दरमा रहेको आरओईबाटै पुष्टि हुने जानकारहरू बताउँछन् । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि चैतसम्म बैंक तथा वित्तीय संस्थामा २ खर्ब ७५ अर्ब रुपैयाँ कुल निक्षेप थपिएको छ ।

एक वर्षअघिको तुलनामा गत चैतसम्म रकमका आधारमा बैंकहरूको नाफा बढेको देखिए पनि खराब कर्जा बढेको, सम्पत्तिको प्रतिफल घटेको बैंकहरूले बताएका छन् । सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये ७ को नाफा घट्नु र मर्जर तथा एक्विजिसन भएका बैंकको नाफा केही धेरैले बढेको देखिनुले पनि अपेक्षा र लगानीअनुसार नाफा बढ्न नसकेको उनीहरूको दाबी छ ।

‘रकमका आधारमा बैंकको नाफा बढेको देखिए वितरणयोग्य नाफा घट्नु, खराब कर्जा बढ्नु र पाकेको पनि सबै ब्याज उठेको छैन,’ नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले भने, ‘यद्यपि बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधि, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशलगायत कारणले अहिलेको अवस्था आउँछ भन्ने अनुमान भने थियो ।’ सरकारी खर्च बढ्ने, विस्तारै कर्जा असुली हुँदै जानेलगायत कारण आउँदा महिनामा बैंकहरूको वित्तीय अवस्थामा सुधार हुँदै जाने संकेत देखिएको पनि उनले बताए ।

बैंकहरूले बिहीबार प्रकाशन गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत चैतसम्म नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ११ करोड र कृषि विकास बैंकले सबैभन्दा कम एक अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चार अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएर ग्लोबल आईएमई दोस्रो धेरै नाफा कमाउने बैंक बनेको छ । मर्जर तथा एक्विजिसनका कारण यी दुवै बैंकको नाफामा वृद्धि भएको हो । मर्जरमा नगएका बैंकहरूमा एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकले क्रमशः ४ अर्ब १ करोड र ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर सिटिजन्स, कृषि, प्राइम, सनराइज, माछापुच्छ्रे, सिद्धार्थ र नेपाल बैंकको खुद नाफा गर्त वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ ।

बैंकहरूले चैत मसान्तमा उठ्नुपर्ने पाकेको ब्याज नउठेको बताइरहे पनि गत आर्थिक वर्षको तुलनामा यो वर्ष बैंकहरूको ब्याज आय धेरैले बढेको छ । ब्याजदर बढेकाले बैंकहरूको ब्याज आम्दानी पनि वृद्धि भएको हो । बैंकहरूको वित्तीय विवरणअनुसार गत चैतसम्म उठाउनुपर्ने करिब सवा २८ अर्ब रुपैयाँ ब्याज पनि असुली हुन सकेको छैन ।

गत चैतसम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४ प्रतिशत हाराहारीमा छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो कर्जा १.२१ प्रतिशत थियो । गत चैतसम्म वाणिज्य बैंकहरूले कुल ४३ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जसमध्ये एक खर्ब ३९ अर्ब रुपैयाँको कर्जा खराब भएको छ । यो कुल प्रवाह भएको कर्जाको करिब ४ प्रतिशत हो । तर, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट र एनआईसी एसियालगायत बैंकको खराब कर्जा भने एक प्रतिशतभन्दा कम छ ।

पछिल्ला वर्षमा बैंकहरूमा सेयरधनीको सम्पत्तिको प्रतिफल (आरओई) भने निरन्तर घट्दो छ । एक दशकअघिको तुलनामा बैंकहरूको पुँजी धेरैले बढे पनि सो अनुपातमा प्रतिफल घट्दो दरमा रहेको आरओईबाटै पुष्टि हुने जानकारहरू बताउँछन् । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि चैतसम्म बैंक तथा वित्तीय संस्थामा २ खर्ब ७५ अर्ब रुपैयाँ कुल निक्षेप थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu