ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन


abc news
१२ असार २०८३, शुक्रबार   ८ : ५२   बजे

काठमाडौं, १२ असार । भद्रगोल व्यवस्थापनकैबिच नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सकिएको छ । चितवनको भरतपुरमा गत आइतबारदेखि सुरु भएको महाधिवेशन शुक्रबार पदाधिकारी चयन गर्दै सकिएको हो । रास्वपाको सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भए ।

महिला उपसभापतिमा सोविता गौतम प्रतिस्पर्धाबाट निर्वाचित भइन् । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् । त्यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित भए । महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्कीले प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छ भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भइन् ।

नवनिर्वाचित पदाधिकारीको शुक्रबार नै शपथ ग्रहण भएको छ । महाधिवेशन अन्तर्गत पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अब सभापति रवि लामिछानेले वरिष्ठ नेता १,उपसभापति १, महामन्त्री १, प्रवक्ता १, सह प्रवक्ता ३, कोषाध्यक्ष १ र सह कोषाध्यक्ष २ गरी १२ जना पदाधिकारी मनोनीत गर्नेछन् । त्यस्तै ५१ जना केन्द्रीय सदस्य पनि सभापति लामिछानेले मनोनयन गर्नेछन् । रास्वपाको विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति हुनेछ । त्यसबाहेकक सात प्रदेशका सभापति पदेन सदस्य रहनेछन् । उनीहरूसमेत जोड्दा रास्वपाको केन्द्रीय समिति १८५ जनाको हुनेछ । पार्टी गठन गरेको चार वर्षमा पहिलो महाधिवेशन सम्पन्न गरेर रास्वपाले नयाँ नेतृत्व र नीति तय मात्र गरेको छैन, संस्थागत मान्यता समेत पाएको छ ।

छोटो अवधिमा असीमित सफलता र जनसमर्थन पाएको रास्वपालाई अव पार्टीलाई लोकतान्त्रिक मूल्य, मान्यता र विधि पद्धतिमा हिँडाउने चुनौती थपिएको छ । अरूलाई प्रश्न र खबरदारी गर्दै उदाएको यो पार्टी अव जवाफ दिने ठाउँमा पुगेको मात्र छैन, जनताका आम अपेक्षा सम्बोधन गर्ने जिम्मेवारी समेत पुरा गर्नुपर्ने अवस्थामा पुगेको छ ।

महाधिवेशनका क्रममा छिटपुट विवाद र कतिपय विषयमा अलोकतान्त्रिक व्यवहार देखिएको भन्दै केही महाधिवेशन प्रतिनिधिहरूले असन्तुष्टि जनाए पनि रास्वपाले आफूलाई संस्थागत रूपमा राजनीतिक वैधानिकता दिन सफल भएको छ ।

महाधिवेशनमार्फत रास्वपाले राजनीतिक वैधता पाउन सफल भए पनि पहिलो महाधिवेशनमार्फत नै पुराना पार्टीमा जस्तै गुटउपगुटका सङ्केतहरू देखिएका छन् ।

महाधिवेशन उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पार्टीभित्र गुट–उपगुट नहुने भने पनि केन्द्रीय सदस्य र पदाधिकारीको निर्वाचन हुने दिनसम्म पुग्दा गुटबन्दीका सङ्केतहरू प्रस्टै देखिएका छन् ।

दोस्रो चरणमा पदाधिकारी निर्वाचनका बेला उम्मेदवारी दर्तादेखि फिर्ता लिने समयका गतिविधि नियाल्दा र नेताहरूका अभिव्यक्ति सुन्दा पनि यो पार्टीमा गुटबन्दीको बीउ रोपिएको प्रस्टै देख्न र बुझ्न सकिन्थ्यो । गुट उपगुट भएको कुरा सभापति लामिछाने आफैले पनि स्वीकार गरे ।

‘गुट उपगुट रहेछन् भनेपनि अब जरैदेखि उखेल्न लागिपर्छु’ शपथ ग्रहणपछि नवनिर्वाचित सभापति रवि लामिछानेले भने, ‘अव पार्टी परिपक्व र प्रतिबद्ध भएर अघि बढ्ने छ ।’

साथै, उनले नयाँ नेतृत्वका लागि सहमतिका जुटाउन आफूले प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गरे ।

‘अव यो हलबाट निस्केपछि जसरी हामी प्रतिस्पर्धामा उत्रेका थियौ अव निकै उच्च सौहार्दतामा अघि बढ्ने छौ । जसले जित्यो त्यो सिङ्गो घण्टीले जित्यो’, सभापति लामिछानेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu