ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदीलाई आत्मघाती हमलाको धम्की, केरलामा बढाइयो सुरक्षा


ABC NEWS
९ बैशाख २०८०, शनिबार   ५ : ५३   बजे

 

काठमाडौं ९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आत्माघाती बम हमलाको आएको छ। भारतीय जनता पार्टीको प्रदेश कार्यालयमा प्रधानमन्त्री मोदीको आसन्न भ्रमणका विषयमा धम्कीपूर्ण पत्र प्राप्त भएको हो।

धम्कीपछि भारतको केरलामा सुरक्षा सतर्कता बढाइएको छ।

पत्रमा प्रेषकको नाम र अन्य विवरण पनि उल्लेख रहेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई दिनपछि यही अप्रिल २४ मा मोदी कोची भ्रमणमा जाने कार्यक्रम तय छ।

सोही भ्रमणका क्रममा आत्मघाती बम हमला गरिने धम्की आएको हो।

पत्रमा उल्लेख नामका व्यक्तिको प्रहरीले पहिचान गरिसकेको भए पनि उनले आफ्नो संलग्नता अस्वीकार गर्दै आफूलाई फसाउन प्रयोग गरिएको बयान दिएका छन्।

पत्रपछि सुरक्षा सतर्कता बढाइएको छ र केन्द्रीय अनुसन्धान एजेन्सीहरुले थप अनुसन्धान गरिरहेका छन्।

मोदीको भ्रमणका क्रममा तयार पारिएको सुरक्षा योजनासमेत सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। सुरक्षा योजनासहितको पत्र सार्वजनिक हुँदा सुरक्षामा असर गरेको हो।

सोही ठाउँका नेतासमेत रहेका विदेशमन्त्री एम मुरलीधरले पत्र लिक भएकामा चिन्ता व्यक्त गरे। यसलाई प्रहरीका तर्फबाट गम्भीर त्रुटि भएको उनको टिप्पणी छ।

तर भाजपाका राज्य प्रमुख के सुरेन्द्रले निर्धारित सबै कार्यक्रम हुने बताएका छन्।

उनले प्रधानमन्त्री मोदीको कार्यक्रम विवरण दिँदै मोदीसहित भाजपाका शीर्ष नेता र्‍यालीमा सहभागी हुने र जनसभालाई सम्बोधन गर्ने बताएका थिए।

‘प्रधानमन्त्रीको केरला भ्रमणले राज्यको विकासलाई गति दिनेछ। यो भ्रमणबाट केरलाका जनताको ठूलो अपेक्षा छ। प्रधानमन्त्री मोदीको स्वागतका लागि ठूलो संख्यामा जनता सडकमा आउनेछन्। केरलाको राजनीतिक परिवर्तनको सुरुवात हुनेछ। पार्टी राजनीतिभन्दामाथि केरलाको विकास चाहने युवाहरु यसमा सहभागी हुनेछन्’, उनले मोदीको भ्रमणबारे पत्रकार सम्मेलनमा भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group