ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पौने ११ बजे नयाँदिल्लीको आकाशमा उड्दै फ्लाई दुबईको जहाज, सबै नर्मल : यात्रुका परिवार र आफन्तजनलाई चिन्ता नलिन आग्रह


एबीसी न्यूज
११ बैशाख २०८०, सोमबार   ११ : ०३   बजे

काठमाडौं, ११ बैशाख । सोमबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाजमा देखिएको समस्या समाधान भएर अहिले गन्तव्यतर्फ गइरहेको छ।

फ्लाइट राडारका अनुसार राति ११ बजे विमान भारतको नयाँदिल्लीको आकाश उडिरहेको छ। राति दस बजेर ४५ मिनेट जाँदा जहाज नयाँदिल्लीको आकाशमा ३४ हजार फिट माथि उड्दै छ। फ्लाई दुबईको एफजेट ५७६ नम्बरको जहाज ९ बजेर २० मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। उड्ने बित्तिकै जहाजमा आगोको ज्वाला देखिएर पड्केको आवाज आएको थियो। समस्या आएको थाहा भएपछि पाइलटले जहाज धार्केमा लगेर होल्ड गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रदीप अधिकारीका अनुसार पाइलटले धार्केमा पुगेर जहाजको निरीक्षण गरेका थिए।

धार्केमा केहीबेर रोकेर पाइलटले जहाजको परीक्षण गरेका थिए। सबै नर्मल छ भनेपछि गन्तव्यतर्फ उडेको हो, महानिर्देशक अधिकारीले भने, पाइलटले आफ्नो जहाजको समस्या समाधान भएको र गन्तव्यमा जान लागेको जानकारी दिएर गएका हुन्। जहाज अहिले सामान्य अवस्थामा भएकाले त्यसमा सवार यात्रुका परिवार र आफन्तजनलाई चिन्ता नलिन पनि उनीहरूले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group