ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अरुका कमीकमजोरी खोज्दा आफ्ना पनि धेरै कमजोरी भए’ : रवि लामिछाने


ABC NEWS
१२ बैशाख २०८०, मंगलबार   १२ : ५८   बजे

 

चितवन १२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा का सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्राप्त जितले जिम्मेवारी थपिएको बताएका छन् । आफूमा देखिएका कमजोरीलाई सुधार्दै अगाडि बढ्ने अवसर मिलेको पनि लामिछानेले बताएका छन् ।

चितवनमा मंगलबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै लामिछानेले राजनीतिक यात्राका क्रममा अनुभवको कमीले गर्दा आफूबाट कमीकमजोरी हुन गएको बताएका हुन्

उनले आगामी दिनमा थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । ‘राजनीतिक अभ्यास गरेर हामीले अझै परिपक्व हुनुपर्नेछ । कयौं अपरिपक्वताहरू देख्यौं । हामीले अरुका आलोचना गर्नेभन्दा पनि यो दौरानमा अनुभवका कमीले गर्दा कयौं कमीकमजोरी आफ्ना पनि देखेका छौं,’ उनले भने, ‘आफूमा देखिएका ती तमाम कमजोरीहरूलाई सुधार्दै अगाडि जाने एउटा अवसर मिलेको छ । थपिएर आएको यो मतले ठूलो सन्देश दिएको छ । थपिएको मत भनेको थपिएको जिम्मेवारी हो । थपिएको जिम्मेवारीमा हामी खरो उत्रिने छौं ।’

वैशाख १० मा भएको उपनिर्वाचनमा लामिछाले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका छन् । उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् । यहाँ कूल ७८ हजार २७७ मत खसेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group