ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको दाबी पेस


ABC NEWS
१४ बैशाख २०८०, बिहिबार   ४ : ०२   बजे

 

पोखरा १४ बैशाख । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि बिहीबार दाबी पेस गरिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरिएको हो ।

 

प्रदेश प्रमुख कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई बहुमतको हस्ताक्षर बुझाइएको छ ।

प्रदेश प्रमुख गुरुङले तीन दिनको समय दिएर सरकार गठनका लागि बहुमतले दाबी पेस गर्न मंगलबार आह्वान गरेका थिए । उक्त समय बिहीबार साँझ ४ बजे सकिँदै छ । सरकारको दाबीका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेले हस्ताक्षर गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको हो । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसद्‌मा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सिट रहेको छ ।

सभामुखसहित माओवादीको ८ सिट रहेको छ भने स्वतन्त्र सांसद मनाङे पनि गठबन्धनमा छन् । प्रदेश प्रमुखलाई ३५ जनाको हस्ताक्षर बुझाइएको छ । यसअघि पुस २५ मा दोस्रो कार्यकालका लागि पहिलो मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका थिए । पाण्डे अब दोस्रो कार्यकालको दोस्रो मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बरले नेपाल प्रहरीलाई दियो १७ सर्भिलेन्स ड्रोन

प्रहरी चौकी बेत्रावतीका असईको पौडेलको शव चितवनमा फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu