ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविलाई रोजेको मन्त्रालय दिनुपर्छ, म जे पनि त्याग्न तयार छु : मन्त्री किराती


एबीसी न्यूज
१५ बैशाख २०८०, शुक्रबार   ४ : ४४   बजे

काठमाडौँ, १५ बैशाख । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्। शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले सो कुरा बताएका हुन्।

होटल पौवामा आयोजित होटल शेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ। त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु।’

हजारौं जनताको बलिदानी बाट प्राप्त यो व्यवस्थाले अझै जरा गाड्न नसकेको उनको भनाई थियो।

‘देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौँ,’ मन्त्री किरातीले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो। यो जनताको आक्रोस हो। मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो।’

साथै, उनले राजनीतिमा धेरै विभाजन आएको भन्दै देशलाई संकटबाट मुक्त गर्नका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्न समेत आह्वान गरे।

‘हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ। अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ,’ उनले भने।

मन्त्री किरातीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिड्नु परेको समेत बताए।

‘एउटा व्यवसाय दर्ता गर्न ७ ओटा मन्त्रालय र २२ ओटा विभाग र सयौ टेबल पुग्नु पर्ने अवस्था छ। विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम कानुन छन्,’ उनले भने, ‘पैसामा चाबि लगाएर मरूभूमिमा श्रम गर्न पठाउने हाम्रो नीतिमा मै खोट छ। युवालाई खाडी पठाएर तिनले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ तर तिनलाई नै आज प्लेनको टिकट महँगो भएकोले सास्ती भइरहेको छ।’

होटल व्यवसायीले पाहुनालाई कहिल्यै नबिर्सने सेवा दिएपछि मात्रै पर्यटनको सुन्दर आधार बन्ने समेत मन्त्री किरातीले बताए।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu